आज:  | Tue, 14, May, 2024

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला द्धारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निरिक्षण

२ श्रावण २०८०, मंगलवार १८:४३ मा प्रकाशित ( १0 महिना अघि) ३३४ पाठक संख्या
नारी बाटिका


धादिङ २ साउन ।

मंगलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहित उच्च अधिकारी टोलीले (नागढुङ्गा,सिस्नेखोला) सुरुङ मार्गको अनुगमन तथा निरिक्षण गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपागाईँ, सांसद राजेन्द्र प्रसाद पाण्डे, पूर्वमन्त्री डा.गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको स्थलगत निरीक्षण गरेका हुन् ।

ेमन्त्री ज्वालाले सुरुङमार्गमा भएको कार्य प्रगति र पछिल्लो अवस्था बारे जानकारी लिनु भएको छ । त्यस्तै निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमा भित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनु भएको छ । निर्माण कार्य प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने पनि उहाँले बताउनु भएको छ ।

सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिनु भयो ।

साथै केही महिनामा रेस्क्यु टनेल जोडि सक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । आउँदो एक वर्ष भित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र गतीमा भइरहेको उहाँले बताउनु भयो । उक्त सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ ।

यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारी तथा विभिद कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो ।थप भएको समय अनुसार २०८१ सालको असोज सम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस