आज:  | Sun, 19, May, 2024

धादिङमा आजबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

४ श्रावण २०८०, बिहीबार २०:०४ मा प्रकाशित ( १0 महिना अघि) ९३३ पाठक संख्या
नारी बाटिका


धादिङमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य थालिएको छ ।

भगवती उप्रेती

धादिङ, ४ साउन ।

जिल्ला प्रसासन कार्यलय धादिङद्धारा आजबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । बिहिवार वागमती प्रदेशका मुख्यमन्त्रि शालिकग्राम जमरकट्टेल बाट पुर्व पञ्चायतीकालका भुमि सुधार ब्यवस्था मन्त्रि हरी व.थापाकी जेठी पत्नी तथा जेष्ठ नागरिक कर्म कुमारी थापालाई पहिलो नं.मा राष्ट्रिय परिचयपत्र प्रदान गरी वितरण कार्य शुभआरम्भ गरिएको हो ।

त्यसैगरी दोस्रो नं.मा बिष्नु कु.थापा,तेस्रो न. मा दिपक कडेल, भगवती उप्रेती,जिल्ला प्रसासन कार्यलयका कर्मचारी लगायतलाई वितरण गरिएको हो । गत भाद्र महिनादेखी पञ्जीकरण विभागले परिचयपत्र वितरण गर्न तयारी थालिएको बताएको भएता पनि ७७ जिल्ला मध्य सिंहदरवार तथा  पाँचथर जिल्ला बाट  जिल्लाबाट मात्रै वितरण गरिएको थियो । धादिङ जिल्लामा भने यो पहिलो चरणमा १४ सय थान राष्ट्रिय परिचयपत्र आईपुगेको जिल्ला प्रसासन कार्यलयले जनाएको छ ।

त्यसैगरी आज सदरमुकाम धादिङबेसीमा जिल्ला प्रसासन कार्यलयको आयोजनामा भएको राष्ट्रिय परिचय पत्र वितरण शुभआरम्भ साथै आर्थिक वर्ष २०७९।०८०को वार्षिक कार्य प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको अध्यक्षता तथा वागमती प्रदेशका मुख्यमन्त्रि शालिकग्राम जमरकटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काँगे्रसका संघिय सांसद रामनाथ अधिकारी,नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष भुमी प्रशाद त्रिपाठी,नेकपा माओवादी जिल्ला पार्टी संयोजक मनराज भण्डारी, सरकारी निकाय, स्थानीय तहका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु,संन्चारकर्मीहरु,सरोकारवाला निकायका प्रमुख एवं् प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

आगामी ३ वर्षभित्रम सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको यस अघि जनाई सकेको छ । यो बहुउपयोगी हुने राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका निर्देशक सुभास ढकालले जानकारी दिए ।

संविधानको धारा १५ र ५१ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको व्यवस्था गरिएको हो । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र वितरण पहिलो पटक पाँचथर जिल्लावाट सुरु गरिएको थियो भने आज धादिङ जिल्ला प्रसासन कार्यलयबाट पहिलो पटक जेष्ठ नागरिक कर्म कुमारी थापालाई प्रदान गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस