आज:  | Mon, 29, Apr, 2024

मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु

५ श्रावण २०८०, शुक्रबार १८:५२ मा प्रकाशित ( ९ महिना अघि) ४२५ पाठक संख्या
नारी बाटिका


धादिङ ,५ साउन ।

धादिङ मलेखुमा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका( ३ मलेखुमा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको हो ।

काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको प्रदेश (१(०२(००१ ख ८०२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२(०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक बीरगंज पर्साका २५ वर्षीय कृष्ण श्रीवास्तवको मृत्यु भएको हो ।

उपचारको क्रममा श्रीवास्तवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु प्रसाद जैसवारले जानकारी दिनु भएको छ । प्रहरीका अनुसार मोटरसाइ चालकको पछाडि सवार महिला समान्य घाइते भएकी छन् ।

तस्वीर ; बिकास रौनियार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस