आज:  | Mon, 29, Apr, 2024

धादिङमा डेंगु रोग तिब्रगतिमा फैलदै, नियन्त्रणका लागी सचेतना मूलक कार्यक्रम

७ श्रावण २०८०, आईतवार ०८:११ मा प्रकाशित ( ९ महिना अघि) ५२५ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ,७ साउन ।

केही साता यता धादिङमा डेंगु रोग तिब्रगतिमा फैलदै, छ । गर्मी मौसम त्यसमाथी पनि वर्षादको समयमा यसैपनि रोगहरु,लाग्न सक्ने,झाडा पखाला,हैजा लगायत भाइरसहरु फैलन सक्ने जोखिम रहन्छ । वर्षाद र गर्मीको समयमा विशेष गरी पानीका मुहानहरु फोहोर हुने, हरियो झींगा,लामखुट्टे बडी लाग्ने भएको हुंदा सरसफाईमा एकदमै ध्यानदिनु पर्ने हुन्छ । देशभर डेंगु रोग फैलिरहेको बेला धादिङमा पनि दिनप्रतिदिन बड्दै गइरहेको छ ।

डेंगु फैलिरहेको कारण नियन्त्रणका लागी सरकारी तथा गैह्रसरकारी संघसस्थाहरुले सचेतना मूलक कार्यक्रम गरिरहेका छन् । केही दिनयता धादिङको सदरमुकाम धादिङवेशींमा डेंगु संक्रमणको दर दिनानु दिन बढ्दै गएपछि विभिन्न सारोकारवाला संघ संस्थाले डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्दै आएको छ ।

सरकार तथा गैरसरकारी संघसंस्थाले संयुक्त रुपमा डेंगु सार्ने लामखुट्टे खोजी र नष्ट गर्ने सचेतनामुलक अभियान कार्यक्रम गर्दै आएको छ। जस अन्तर्गत नीलकण्ठ नगरपालीका र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा शनिवार धादिङ अस्पताल देखि जरेबर सम्म डेंगु रोग फैलाउने लामखुट्टे पाइने स्थानहरु, वस्तुहरु खोजी गरी त्यस्ता स्थान र वस्तुहरुमा भएको लामखुट्टे तथा लार्भाहरुलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस्ता सचेतनामुलक कार्यहरु जनमानसबाट गर्नको लागि पर्चा समेत वितरण गरीएको थियो । अभियानमा नीलकण्ठ नगरपालीकाका कर्मचारी, विभिन्न सरोकारवाला निकायहरु, नेपाली सेना शिव दल गण सुरक्षा गुल्म धादिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङ र नगर प्रहरीहरुको सहभागीता रहेको थियो । हाल देशभरका डेंगु प्रभावित जिल्लाहरु मध्यमा धादिङ जिल्ला दोस्रो नम्बरमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस