आज:  | Sun, 28, Apr, 2024

दिनानु दिन फैलदै छ धादिङमा डेंगु रोग,आज एकै दिनमा थप ३८ जनामा संक्रमण पुष्टी

८ श्रावण २०८०, सोमबार १९:२४ मा प्रकाशित ( ९ महिना अघि) ५१४ पाठक संख्या
नारी बाटिका


धादिङ,०८ साउन ।

विषेश गरी गर्मी मौसममा बडी आक्रमणकारी डेंगु, रोग केही वर्ष अगाडी देखी नेपालका सवै जसो जिल्लामा दिनानु दिन फैलदै छ त्यसमा पनि डेंगु, फैलिएको जिल्ला मध्य यस धादिङ जिल्ला दोस्रो स्थानमा परिसकेको छ । आज एकै दिनमा थप ३८ जनामा डेंगु, संक्रमण पुष्टी भएको धादिङ अस्पतालले जनाएको छ । जसमध्य नीलकण्ठ नगरपालिकाका ३६ जना, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका १÷१ जना गरी ३८ जनामा डेँगु संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये २२ जना पुरुष र १६ जना महिला रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। साउन १ गते देखि जिल्लामा संक्रमित हुनेको संख्या १९७ पुगेको छ। जसमा १०८ जना पुरुष र ८९ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये १८६ जना नीलकण्ठ नगरपालिकाका मात्रै रहेका छन् ।

त्यसैगरी जिल्लाको ज्वालामुखी गाउँपालिकामा ३ जना, गल्छी गाउँपालिका २, सिद्धलेक गाउँपालिकामा२, जना, बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, गंगाजमुना र रुवी भ्याली गाउँपालिकामा १÷१ जना संक्रमित भएका छन् ।

यस महिना सँगै भदौ र असोजमा अझै डेङ्गीको सङ्क्रमण बढ्न सक्ने अनुमान गरिएको छ । डेङगु लामखुट्टेबाट सर्ने रोग हो । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।

लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली राख्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन स्वास्थ्य कार्यलयले आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस