आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

एनएमबी बैंक लुटेराका समुह मध्यका ५७ दिनपछि एक जना पक्राउ

२०८० श्रावण ११, बिहिबार मा प्रकाशित ( २ साल अघि) ६६२२ पटक पढिएको
नारी बाटिका


११ साउन ।

महोत्तरीको महोत्तरी गाउँपालिका(२ मा रहेको एनएमबी बैंक लुटेराका समुह मध्यका एकजना लुटरा ५७ दिनपछी पक्राउ परेका छन् । लुटराका समुह मध्येका एक जनालाई प्रहरीले वुधवार पक्राउ गरेको हो । गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेराका टोली मध्येका एक भारतीय नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।

नेपाल प्रहरीको कडा रुपमा खोजतलास गर्ने क्रममा घटना भएको ५७ दिनपछि प्रहरीले लुटेरा समूहको एक जनालाई पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता दिलिप कुमार गिरीले बैंक लुट्ने भारत, बिहार राज्यमा पर्ने मधुवनी जिल्ला फुलहर गाउँ गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले महोत्तरीको मटिहानी(८ बाट पक्राउ गरेको जनाएको छ ।

गत जेठ १६ गते दिउँसै ४ । ५ जनाको नकाब धारी लुटेराको समूहले बैंकमा पेस्तोल देखाएर १५ लाख १ हजार ४ सय ९३ नगद र कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए। बैंक लुटेर उनीहरु नम्बर नखुलेको दुई वटा मोटरसाइकल चढेर भागेका थिए ।

पक्राउ परेका अजय कुमारलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। लुटमा संलग्न अन्यको पहिचान भई सकेको र उनीहरुको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरी चौकीबाट दुई सय मिटर दूरीमा रहेको एनएमबी बैंक लुटिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस