आज:  | Mon, 29, Apr, 2024

मौसम अपडेट : आज यी प्रदेशमा भारी वर्षा तर मधेश र कर्णाली प्रदेशमा भने हल्कादेखी मध्यम

११ श्रावण २०८०, बिहीबार ०८:३१ मा प्रकाशित ( ९ महिना अघि) ५९३ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ११ साउन ।

आज बिहीबार कोशी,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको तर मधेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । आज विहानको समय देशभर आंशिकदेखि सामान्य बदली भइ बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बिहीवार दिउँसो देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने जनाएको छ।

बिहिवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ।

बिहीवार बिहान मौसम पूर्वानुमान शाखाले एक बुलेटिन जारी गर्दै महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्नको लागी आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस