
धादिङ,१४ साउन ।
नारी वाटिका संवाददाता
धादिङमा अरिङ्गाल पोल्ने क्रममा एकजना पुरुषको रुखबाट लडेर मृत्यु भएको छ । अरियाल पोल्ने सिलसिलामा गंगाजमुना गाउँपालिका ४ गुम्दी बस्ने बर्ष ४१ को शम्भु अधिकारी रुखबाट लडेर मृत्यु भएको हो।
श्रावण १२ गते अं.८ बजेको समयमा ऐ स्थित आफ्नै बारीमा भएको चिलाउनेको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ले क्रममा रुखबाट लडेका थिए ।
घाईते भएका अधिकारीलाई उपचारको लागी जिल्ला अस्पताल धादिङ ल्याईएकोमा शनिवार १३ गते उपचारको क्रममा निजको मृत्यु भएको ईलाका प्रहरी कार्यलय फुलखर्कले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस