आज:  | Mon, 13, May, 2024

अरिङ्गाल पोल्ने सिलसिलामा रुखबाट लडेर एकजनाको मृत्यु

१४ श्रावण २०८०, आईतवार १२:३४ मा प्रकाशित ( ९ महिना अघि) ९०९ पाठक संख्या
नारी बाटिका


धादिङ,१४ साउन ।

नारी वाटिका संवाददाता

धादिङमा अरिङ्गाल पोल्ने क्रममा एकजना पुरुषको रुखबाट लडेर मृत्यु भएको छ । अरियाल पोल्ने सिलसिलामा गंगाजमुना गाउँपालिका ४ गुम्दी बस्ने बर्ष ४१ को शम्भु अधिकारी रुखबाट लडेर मृत्यु भएको हो।

श्रावण १२ गते अं.८ बजेको समयमा ऐ स्थित आफ्नै बारीमा भएको चिलाउनेको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ले क्रममा रुखबाट लडेका थिए ।

घाईते भएका अधिकारीलाई उपचारको लागी जिल्ला अस्पताल धादिङ ल्याईएकोमा शनिवार १३ गते उपचारको क्रममा निजको मृत्यु भएको ईलाका प्रहरी कार्यलय फुलखर्कले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस