
नारी बाटिका
धादिङ, १४ साउन ।
धादिङ जिल्लामा आफ्नै दाजुको छोरी भतिजीलाई जवरजस्ती करणी गर्ने काका पक्राउ परेका छन् भने पिडकको पहिचान भने खुल्न बाँकी रहेको जनाइएको छ । एकजना ३६ बर्षिय पुरुषले आफ्नो घरमा दाजुको छोरी पालेर हुर्काएको १७ बर्षिय नाबालिका भतिजिलाई जवरजस्ति करणी गरेको अभियोगमा पक्राऊ परेका हुन् ।
उनले आफ्नै दाजुका छोरी भतिजीलाई डर,त्रास देखाएर पटक–पटक जवरजस्ति करणी गरेको खुलेपछी सोही आरोपमा शनिवार जिल्ला प्रहरी कार्यालय धादिङले निजलाई पक्राउ गरि आईतवार हाडनाता क।णीमा मुद्दा दर्ता गरेको हो । बावुले आमाको हत्था गरी जेल परेपछी ४ वर्षदेखी बालिका उनै काकाको सम्रक्षणमा बस्दै आएकी थिईन् ।
बालिकालाई पटक पटक काकाले बलात्कार गर्दै आएको र पछिल्लो पटक श्रावण १ गते पनि बलात्कार गरेपछी बालिकाले प्रहरीमा उजुरी दिएकी हुन् । बलात्कारी काका बिरुद्ध प्रहरीले मुद्धा दर्ता गरी आजै सम्मानित धादिङ जिल्ला अदालतबाट ४ दिनको म्यादथप गरि थप अनुसन्धान र्भैरहेको र पिडकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरिक्षक गौत्तम मिश्रले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस