
नारी वाटिका संवाददाता
कञ्चनपुर -२८ फागुन ।
कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घछनामा परी दुई जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बेदकोट नगरपालिकास्थित लालपुरमा आज से १ च १४०५ को जीपले म २ प ३५०६ को मोटरसाइकललाई जीपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको जीपले विरीत दिशाबाट आइरहेको उक्त मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान खुलेको छैन भने मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीको भनाई छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












प्रतिक्रिया दिनुहोस