आज:  | Tue, 14, May, 2024

फोकस नेपाल धादिङद्धारा अभीमुखीकरण कार्यक्रम तथा जिल्ला स्तरिय सामाजिक सुरुक्षा मन्च गठन

१७ श्रावण २०८०, बुधबार १९:३६ मा प्रकाशित ( ९ महिना अघि) ४३० पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ,१७ साउन ।

धादिङ जिल्लामा विगत समयदेखी खानेपानी,विद्यालय ब्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आईरहेको फोकस नेपालद्धारा पछिल्लो समयमा समुदायको न्यायमा पहुँच पुर्याउनका लागी सामाजिक सुरक्षा जालो परियोजना मार्फत महिला,किश्वर किश्वरी,तथा युवा वर्गलाई सहभागी गराई कार्यक्रम संन्चालन गरिरहेको छ । यस परियोजनाले सामाजिक सुरक्षाको लागी पछाडी परेका वर्गलाई सचेतना जगाई अन्यायका बिरुद्धमा आवाज उठानका लागी सामाजिक सुरक्षा जालो तथा जिल्ला स्तरिय सामाजिक सुरुक्षा मन्च निर्माण गरेको हो ।

जिल्लाका सरोकारवालाहरुलाई सहभागी गराई ुसम्पन्न कार्यक्रममा संस्थाले विगतमा गरेका बिकास निर्माणका कार्यहरु तथा सामाजिक सुरुक्षा जालो कार्यक्रमको परिचय,उद्धेश्य, परियोजनका मुख्य क्रियाकलापहरु र बजेट लगायतका विषयमा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले सहजिकरण गर्नु भएको थियो ।

साथै वुधबार धादिङबेशीमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक सुरुक्षा मन्च समेत गठन भएको छ । फोकस नेपालको आयोजना तथा नागरीक आवाजको सहगोगमा सामाजिक सुरुक्षा जालो कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । त्यसैगरी फोकश नेपालका मनोविमर्श कर्ता खिल कुमारी पोखरेलले नीलकण्ठ नगरपालिका ४ र बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २, ८, ९ र १० मा सामाजिक सुरुक्षा जालो अन्तर्गतका कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।

समुदायस्तर रहेका महिला, अपाङ्गता भएका व्यक्ति र पछाडि परेका वर्गहरुको आवाज बुलन्द पार्नको लागि समुदायमा भएका समस्याहरुलाई समाधन गर्नको लागि यस परियोजनाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । समुदाय तहमा मनोसामाजिक समस्याहरु बढिरहेको अवस्थामा मनोसामाजिकको समस्या कसरी हुन्छ यसको कारण के हो ? लक्षण कस्तो हुन्छ र कसरी समाधान गर्ने लगायतका विषयहरुमा काम गर्दै आएको कार्ययोजना तय गरी कार्य सन्चालन गरिने वताइएको छ ।

गैर सरकारी संस्था महासंघ धादिङका प्रमुख शालिग्राम दुवाडिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस