आज:  | Tue, 21, Jan, 2025

देश बिकास र पार्टीमा योगदान गर्नै नपर्ने केन्द्रिय सदस्य बन्न? राप्रपामा नेता बन्न आवेदन खुल्ला

१८ श्रावण २०८०, बिहीबार १९:३१ मा प्रकाशित ( १ साल अघि) १५४५ पटक पढिएको
नारी बाटिका


१८ साउन ।

भट्ट सुन्दा सायद जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । किनकी सवैजसो राजनितिक दलका केन्द्रिय सदस्य बन्नलाई जिल्लाबाट टिकट प्राप्त गरी चुनिएर मंन्त्रिमा नाम छनौट भए भन्दा अझै कठिन हुन्छ पार्टीको केन्द्रिय सदस्य बन्न । तर राष्ट्रिय प्रजातन्त्र पार्टीमा त केन्द्रिय सदस्यको लागी ईच्छुक उम्मेदवारले आवेदन गर्न पाउने अवशर खुलेको छ । ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भन्दै राप्रपाले आवेदन खुल्ला गरेको हो ।

नवीन राप्रपा अवधारणा अन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ ।त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो साता सम्म केन्द्रमा पठाउनु पर्ने छ ।

कार्ययोजना पेश गरेका उम्मेदवारमध्येबाट भूगोल, जनसंख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत महिला सहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनु भयो ।

पार्टीमा रहेका तथा पार्टी बाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेण्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरिएको छ । सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहु भाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान उम्मेदवारलाई उनीहरूको कार्ययोजनाका आधारमा छनोट गरिने जनाइएको छ ।

साथै यसको लागी आफ्नो बिवरण सहित कार्ययोजना पठाउन पार्टीको इमेल ठेगानामा करिब एक महिनाको अवधिलाई समय निर्धारण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस