आज:  | Tue, 14, May, 2024

चालक कारबाहीमा पर्दा तीन करोड ४५ लाख राजस्व अशुली भयो

१९ श्रावण २०८०, शुक्रबार ०७:५८ मा प्रकाशित ( ९ महिना अघि) ३७३ पाठक संख्या
नारी बाटिका


१९ साउन ।

गत आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारी साधनका चालकहरु कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने क्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व संकलन भएको जनाइएको छ ।

क्षमता भन्दा बढी यात्रु राखेर गाडी सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्र गतिमा सवारी चलाउने लगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको थियो ।

धेरै जसो कारबाहीमा पर्नेहरुमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार १९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार ६०९, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार १०७ रहेका छन् ।

त्यसैगरी कारबाहीमा पर्नेहरुमा टेम्पो तथा अटोरिक्सा लगायत सवारीसाधनका चालक छ हजार ९६७ रहेका ट्राफिक प्रहरी कार्यालयले चितवनले जानकारी गराएको छ ।
गत आवमा ३०३ सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा १७० जना गम्भीर र ४११ जना सामान्य घाइते भएका थिए। सबैभन्दा बढी जिल्लाका भित्री सडकमा १४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडक खण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडक खण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस