आज:  | Sun, 05, May, 2024

सरकारले सवारीसाधनको जाँचपास गर्ने कार्य निजी क्षेत्रलाई दिने तयारी

२० श्रावण २०८०, शनिबार ०८:०९ मा प्रकाशित ( ९ महिना अघि) ३५९ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२० साउन ।

सरकारले सवारी साधनको जाँचपास गर्ने कार्य जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल अघि बढाईएको छ । सवारी साधन जाँच सम्बन्धी कार्यविधि परिमार्जनका लागि छलफल भइरहेको र निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो।

मुलुकमा पछिल्लो समयमा निजी र साना सवारी साधानको चाप बड्दै गैरहेको बेला नेपालभरमा सवारी साधनको परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजी क्षेत्रलाई पनि दिन सकिने प्रावधान ल्याउन सकिने स्रोतले जनाएको छ । यो आर्थिक वर्षभित्र निजी कम्पनीलाई कसरी दिने र सरकारले कसरी अनुगमन गर्ने भनी खाका तयार गर्न सकिने छलफल भैइरहेको हो ।

निजी क्षेत्रले तयार गरेको परीक्षणको गुणस्तर कसरी नियमन र नियन्त्रण गर्ने भनी कार्यविधिले स्पष्ट गर्ने गरी तयार गर्न लागिउको छ । सेवाग्राहीसँग कसरी शुल्क लिने, राजस्व संकलन गर्दा कसरी गर्ने र सरकारलाई कति हुने भन्ने निर्धारण कार्यविधिले गर्ने बताइएको छ ।

यस बिषयमा सरकारले चासो देखाएमा अबको केही समयमा नै कार्यविधि तयार हुने बुझिएको छ । हाल केही संख्यामा मात्रै उपकरणले जाँच गरिरहेको छ । यातायात व्यवस्था विभागले कार्यविधि बनाइरहेको र त्यो बनेपछि आवश्यक पर्ने सबैले जाँच गर्ने ब्यवस्था कार्यलयको भनाइ छ। अहिले विद्युतीय बसको जाँच भइरहेको जनाइएको छ ।

विद्युतीय सवारी साधनमा पनि ट्याक्सीको डाइनोमिटरबाट जाँच भइरहेको र ठूलाको लेनबाट जाँच गर्ने गरिन्छ। भेहिकल फिटनेस टेस्ट सेन्टरका प्रमुख मणिराम भुसालका अनुसार अहिलेसम्म १० वटा बसको उपकरणबाट जाँच भएको छ। कार्यविधि केही महिनामा बन्न सक्ने र सोही आधारमा पुराना गाडी जाँच गरेर मात्रै चलाउनु पर्ने व्यवस्था गरिनेछ ।

यस्तै निजी कम्पनीले आफैँले उपकरण ल्याएर त्यसैबाट जाँच गर्न सक्ने प्रमुख भुसालको भनाइ छ। ‘निजी संस्थाले नाफा देखे छोटो समयमा उपकरण ल्याउन सक्छ’, ‘त्यही सामान सरकारले ल्याउँदा प्रक्रिया लामो हुन्छ।’ यातायात कार्यालय प्रदेशमा गएपछि अहिले यातायात व्यवस्था विभाग अन्तर्गत सवारी जाँच केन्द्र छन् ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस