आज:  | Sun, 05, May, 2024

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै ,कमाउँदै,कार्यक्रम

२० श्रावण २०८०, शनिबार १९:५३ मा प्रकाशित ( ९ महिना अघि) २८३ पाठक संख्या
नारी बाटिका


धादिङ,२० साउन

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम लागु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम लागू गर्न लागेको हो । नेपालमा शिक्षा अनुसारको युवा पुस्ताहरुमा प्राविधिक ज्ञानको कमी हुनाले रोजगार पाउन समस्या भईरहेको चौतर्फी रुपमा सवाल उठिरहेको बेला प्रदेश सामाजिक विकास मन्त्रालयले सिप र शिक्षालर्ई संगै लगिने कार्यक्रम लागु गर्न लागिएको जनाएको हो ।

शिक्षा व्यावहारिक र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले प्रदेशका विद्यालयमा निर्देशनालयले कूल रु एक करोड ८१ लाख ५० हजार खर्च गरेर विद्यालयमा आएका विद्यार्थीलाई जीविको पार्जनमा जोड्ने गरी कार्यक्रम गर्न लागेको शिक्षा विकास निर्देशनालय हेटौँडाका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिनु भयो।

यस सिपमुलक कार्यक्रम लागू गर्न कार्यविधि बन्ने चरणमा रहेको छ। विशेषगरी विद्यार्थीलाई कृषि र प्रविधिसँग जोड्ने कार्यक्रमका लागि लगानी गर्ने र त्यसबाट भएको आम्दानीको ५० प्रतिशत विद्यालयको कोषमा राख्ने र ५० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने गरी कार्यक्रम गर्न लागिएको निर्देशक दर्जीले बताउनु भयो ।

सामुदायिक विद्यालयले विद्यार्थीलाई कृषि र पशुपालनसँग सम्बन्धित काम गराउनका लागि सहज हुने र यसै कार्यक्रममा पनि जोड दिइएको उहाँले बताउनु भयो । गत आवमा यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालु आवमा भने यो कार्यक्रम निर्देशनालयले गर्न लागेको जनाइएको छ।

नेपालमा विद्यार्थी विद्यालयमा पढेर बाहिर निस्कँदा केवल सर्टिफेकेट मात्रै हात पर्ने सिप र ज्ञानको निकै कमजोरी हुनाले विदेशमा अध्ययन संगै २।४ पैसा कमाउ, घर परिवार चलाउँ र आफु विदेश गएको खर्च पनि उठाउँ भन्ने उदेस्य बोकी विदेशियका नेपालीले विदेशमा पनि काम पाउन गारो पर्ने भएकोले यस्ता सिप,ज्ञान र शिक्षाले जीविको पार्जन गर्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गर्न लागिएको बताइएको छ ।
आगमी दिनमा कुन काम गर्न चाहेको हो विद्यालयसँग आवेदन माग गरेर यो कार्यक्रम लागू गरिने निर्देशनालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस