आज:  | Sun, 28, Apr, 2024

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसर बाँकी नराख्ने : मन्त्री सिंखडा

२१ श्रावण २०८०, आईतवार १३:५३ मा प्रकाशित ( ८ महिना अघि) ५६५ पाठक संख्या
नारी बाटिका


पोखरा,२१ साउन ।

गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले कार्यक्रमलाइ सम्बोधन गर्दै अस्पतालमा बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् ।

जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन । आयुर्वेद औषाधालयलाई संग संगै विकास गरेर काम गर्ने योजना सुनाइन ।

गण्डकी प्रदेशका बिरामीलाई जस्तो सुकै रोगलाइ पनि गण्डकी प्रदेश अस्पतालभित्र नै उपचार गर्ने वातावरण बनाउने योजना मन्त्री सिंखडाले सुनाइन ।
स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागी कुनैपनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निशुल्क दिने योजना, एनजीओ संग सहकार्य गर्ने कार्यक्रम मन्त्रीलाइ सोधेर मात्र अघि बढ्नुपर्ने लगायतका निर्देशन दिइन ।

गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तिव्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिए । जनताको स्वास्थ्य उपचारको लागी कम खर्च हुने योजन अघि बढाउनु अनुरोध गरे । स्वास्थ्को क्षेत्रमा कुनैपनि योजना हाल्ने बेलामा योजना माथी अनुसंधान हुनुपर्ने बताए ।

संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक बिकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनिय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको बताए ।

५० शैयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको सुनाए । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षेयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलय आपुर्ति व्यवस्थापन केन्द्र लगायतका संस्थाले समिक्षामा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस