आज:  | Sun, 05, May, 2024

पछिल्लो समय धादिङमा आँखा पाक्ने समस्याले जटिलता निम्त्याउँदै,सतर्क रहन चिकित्सकको आग्रह

२१ श्रावण २०८०, आईतवार १९:१३ मा प्रकाशित ( ९ महिना अघि) ८०७ पाठक संख्या
नारी बाटिका


नारी वाटिका डट्कम संवाददाता

धादिङ, २१ श्रावन ।

पछिल्लो समयमा देशका अन्य जिल्लामा जस्तै धादिङमा पनि आँखा पाक्ने समस्याले जटिलता निम्त्याउँदै आएको कारण सतर्क रहन चिकित्सकहरुले सवै नागरिकमा आग्रह गरेका छन् । वर्षादको समय त्यसमाथी पनि केही वर्ष यता देशका विभिन्न जिल्ला लगायत धादिङमा डेंगु सक्रमणले गति लिई रहेको बेला अर्को आँखा पाक्ने समस्याले गति लिन थालेको छ । यतिबेला धादिङ सहित देशका विभिन्न जिल्लाका बालकदेखि वृद्ध सम्ममा आँखा पाक्ने समस्या बढ्दै गएको हो ।

केही साता अघिलदेखि धादिङमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको आँखा केन्द्र धादिङका अधिकृत रामसिं तामाङले जानकारी दिनु भयो । आँखामा भएको संक्रणका कारण दैनिक सयौं बिरामीहरु आँखा उपचारका लागि अस्पताल पुग्न थालेको तामाङले जनाएका छन ।

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा पछिल्लो दुइ सातामा आँखा उपचार गराउन आउने ३०० सय भन्दा बढी बिरामी मध्ये ७५ प्रतिशत बिरामीले आँखा पाक्ने समस्या लिएर आउने गरेका तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार केही समय अघिसम्म मोतिया बिन्दु, आँखामा मासु पलाउने लगायतका समस्या लिएर उपचारका लागि अस्पताल आउने गरेका थिए ।

पछिल्लो समयमा आँखा पाक्ने समस्या एडिनो भाइरसका कारण हुने तामाङले जानकारी दिनु भयो। आँखा पाक्ने समस्यालाई चिकित्सकीय भाषामा एडिनो भाइरस कन्जन्टिभाइटिस भनिन्छ । उहाँले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताउनु भयो ।

हाल धेरै जसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेका छन् । हरेक वर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने गरेको नेत्र विशेषज्ञहरु बताउँछन्। तर, यस वर्ष भने धेरै स्थानमा प्रकोपको रुपमा यस्तो समस्या देखा परेको छ ।

तामाङका अनुसार आँखा पाक्ने समस्या देखिँदा विभिन्न व्यक्ति पिच्छे फरक फरक लक्षण देखिने गरेको छ । जस अनुसार चिलाउने, रातो रातो देखिने, पाक्ने जस्ता समस्या देखिने गरेको छ। साथै केही विरामीमा रुघाखोकी र ज्वरो समेत आउने गरेको वताउनु भयो।

धेरै जसो व्यक्तिहरुलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउन सुरु हुने, अफ्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा धेरै चिप्रा आउने, आँखा हेर्नर्ला अप्ठ्यारो हुने जस्ता समस्या देखा पर्ने  भएकोले सतर्क रहन नेत्र विषेशज्ञहरुले आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस