आज:  | Sun, 05, May, 2024

संघीय संसदका दुवै सदनको आज बैठक बस्दै, साथै अवरोध हटाउन घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्ने

२२ श्रावण २०८०, सोमबार ०८:३३ मा प्रकाशित ( ९ महिना अघि) ३९६ पाठक संख्या
नारी बाटिका


काठमाडौं, २२ साउन ।

प्रकरणै प्रकरणले इतिहाँस कब्जा गरेको नेपालमा ललिता निवास जग्गा प्रकरणको मुद्धा सेलाउनै नपाई फेरी नयाँ विषयले प्रवेश पाएको सुन तस्करी प्रकरणमा सत्ता र प्रतिपक्षको अडानले पटक(पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ

आज शोमवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यासूची रहेको जनाइएको छ।

यस्तै बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ।

साथै शोमवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची पनि रहेको जनाएको छ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।

सुन प्रकरणको विषयलाई लिएर नेकपा एमालेले केही समयदेखी अबरुद्ध गर्दै आएको अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका हुन्। आज संसद् बैठक बस्नु अघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको घिमिरेको निजी सचिवालयले जानकारी दिएको छ ।

तस्वीर :  सामाजिक संन्जाल बाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस