आज: २०८३ भाद्र २१, आईतबार | Sun, 06, Sep, 2026

नेवि संघ केन्द्रिय समितिमा धादिङका ९ जना सक्रिय बिद्यार्थी नेताहरु मनोनित

२०८० श्रावण २३, मंगलबार मा प्रकाशित ( ३ साल अघि) १००३७ पटक पढिएको
नारी बाटिका


धादिङ, २३ साउन ।

नेपाली कांग्रेस पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सघं तदर्थ केन्द्रीय कार्य समितिमा धादिङ जिल्लाबाट सक्रिय बिद्यार्थी नेताहरु ९ जनालाई मनोनयन गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाबाट दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्य समितिमा सोमबार ७ सय १० सदस्य मनोनयन गर्नुभएको हो ।

पार्टी सभापति देउवाले युवा सदसय तथा बिद्यार्थी क्षेत्रमा सक्रिय नेविसंघका कार्यकताहरुलाई केन्द्रिय समितीमा ल्याउने बारे केन्द्रिय तहका नेताहरुबिच छलफल गरी धादिङ सहित ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसंघमा सदस्य थप गर्नु भएको हो ।

धादिङ बाट नेपाल विद्यार्थी संघका तदर्थ केन्द्रीय कार्यसमिति हरि अधिकारी, डेभिड घले,लक्ष्मी सिलवाल,इन्जिनियर अशोक धमला,याकुब घले,डि।बि। घले,बिकास अधिकारी, प्रमोद गिरी, र प्रविण जम्कट्टेल मनोनयन भएका छन् ।

सभापति देउवाले २०७८ चैत ९ गते नेविसंघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस