आज:  | Sun, 05, May, 2024

सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालक आन्दोलनमा

२४ श्रावण २०८०, बुधबार २०:१६ मा प्रकाशित ( ९ महिना अघि) ६७७ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ,२४ साउन ।

सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालयका सञ्चालकहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । आज धादिङका निजी विद्यालयका सञ्चालकहरुको साझा संस्था प्याप्सन र एन् प्याप्सनको सयुक्त रुपमा आयोजित एक पत्रकार सम्मेलन गरी ,भदौँ २८ देखी विद्यालय बन्द गर्ने घोषणा गरेको कार्यपत्र सहित जानकारी गराएका छन् ।

विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेक २०८० मा भएका बुँदाहरु सच्चाउन प्याव्सन र नेशनल प्याब्सनले सरकारलाई आग्रह गरेको छ । मन्त्री परिषदबाट पास गरीएको र संसदमा टेबल गर्ने तयारी गरेको भन्दै यथास्थितमा पास गरिएमा कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

बुधवार धादिङबेसीमा प्याब्सन र नेशनल प्याब्सनले पत्रकार सम्मेलन गर्दै नीजी लगानीको संरक्षण सम्बद्र्धनको सुनिश्चिता हुने लिखित प्रतिबद्धता सरकारको तर्फबाट जारी नभएसम्म देशै भरी सन्चालित विदालय बन्द गर्ने,सवारी साधन सहित सडकमा प्रर्दशन गर्ने जस्ता विरोधका कडा कार्यक्रमहरु गर्ने जानकारी गराइएको हो ।
निजी विद्यालयका संन्चालकहरुले आफुले ऋण धन गरेर ब्यवशाय नभई सेवा गर्ने उदेस्यले खोलिएको निजी विद्यालयबाट सामुदायिक विद्यालय भन्दा २ गुणा उत्कृष्ट व्यवस्थापन गरी सिमित स्रोत साधनमा बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गरिएको वताएका छन् । त्यस्तै निजी विद्यालयबाट बालबालिकालाई गुणस्तरिय शिक्षा मात्रै नभइ अनुसासन,संस्कार,मातृभाषाको महत्व जस्ता ज्ञान समेत दिने गरेकोले बालबालिकाहरुले अशल शिक्षा पाएको समेत दावी गर्दै आफ्नो मागहरु सम्बोधन नभए धादिङमा निजी शिक्षालय सञ्चालकहरूले साउन २८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द घोषणा गरेका छन् ।

आज प्याब्सन र एनप्याब्सनले धादिङबेशीमा सयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालय शिक्षा ऐनको मस्यौदा सच्याउन माग गर्दै बिरोधमा उत्रिएका हुन् ।निजी शिक्षालय सञ्चालकहरूले बिद्यालय बन्द देखि सार्वजनिक स्थलमा विद्यालयका सवारी साधन पार्किङ गरिदिने सम्मको चेतावनी दिएका छन् ।

प्याब्सन र एनप्याब्सनले विद्यालय बन्द गर्दा पनि सुनुवाई नभए भदौ १ गतेबाट विद्यालयका सवारी साधनहरू सरकारी सवारी साधन पार्किङ गर्ने सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा पनि गरेका छन् ।

यस्तै निजी विद्यालय सञ्चालकहरूले मुख्य गरी मस्यौदाको दफा ४ उल्लेख भएको निजी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी दफाको उपदफा (३० मा प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएको मितिले पाँच वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्ने बुँदा हटाउनु पर्ने माग गरेका छन् ।

उक्त बुँदा हटाएर हालकै अवस्थाको हुनुपर्ने माग गर्दै धादिङबेसीमा पत्रकार सम्मेलन गरी प्याब्सन धादिङका अध्यक्ष विनोद मान श्रेष्ठ र नेशनल प्याब्सन धादिङका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले आन्दोलनको कार्यक्रमहरु सार्वजिनक गर्नु भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस