आज:  | Sun, 12, May, 2024

नारी जागरण केन्द्र (एनजेके)नेपालको २४ औं वार्षिक साधारण सभा तथा वार्षिक महिला भेला कार्यक्रम सम्पन्न

२५ श्रावण २०८०, बिहीबार २०:१९ मा प्रकाशित ( ९ महिना अघि) ७९३ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ – २५ साउन ।

नारी जागरण केन्द्र (एनजेके)नेपालको २४ औं वार्षिक साधारण सभा तथा वार्षिक महिला भेला कार्यक्रम सम्पन्न भएको छ । धादिङ जिल्लामा निकै लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आएको केन्द्र )एनजेके)धादिङको माननिय प्रदेश सांसद गोविन्द प्रशाद लम्सालको प्रमुख आतिथ्यमा आज धादिङवेशी स्थित केन्द्रको आफ्नै कायैक्रम सभाहलमा सम्पन्न भएको हो ।

केन्द्रका अध्यक्ष एवं् जेष्ठ नागरिक चित्र कुमारी भण्डारीको अध्यक्षतामा भएको २४औं साधारण सभा तथा वार्षिक महिला भेला कार्यक्रममा गत आ.व.मा सम्पन्न भएका कार्यक्रम र आर्थिक खर्च आम्दानी बिवरण सहित सदस्यहरु बिचमा छलफल बाट पारित गरी आगमी वर्षको लागी कार्ययोजना सहित भव्यताको साथ सम्पन्न भएको हो ।साधारण सभाकै अवसरमा विशेष गरी केन्द्रका आजिवन सदस्यहरु,विभिन्न समुहका प्रमुख एवं् प्रतिनिधीहरु,पत्रकार,कर्मचारी लगायतको सहभागितामा वार्षिक भेला कार्यक्रम गर्न लागिएको हो ।

दातृ निकायहरुको आर्थिक सहयोग बिना गैरसरकारी संघ संस्था(एनजीओ)हरुले बिकास निर्माण लगायतका क्षेत्रमा केही काम गर्न सक्दैनन् भन्ने चुनौतीलाई चिर्दै केन्द्रले स्थानिय स्रोत साधान परिचालन गरी धादिङको बिकासमा उल्लेखनिय कार्य गर्दै जिल्लाको समुदाय स्तरमा परिचित र दुखको साथी मित्रवत कार्य गर्ने संस्थाको रुपमा परिचित छ ।

२५ वर्ष अगाडी सामाजिक सेवाको क्षेत्रमा रुचि र चासो भएका महिलाहरुको सक्रियतामा स्थापित केन्द्धले कुनै परियोजना नहुदा पनि संस्थामा आवद्ध भएका सदस्य र कार्यसमिती सदस्यबाट आर्थिक संकलन गरी अनवरत रुपमा जिल्लामा पछाडी परेका तथा लैंगिक तथा घरेलु हिंसा पिडितहरुका क्षेत्रमा उल्लेखनिय काम गर्दै हिंसा न्युनिकरण गर्न पुरुष र स्वयम महिलाले नै आफनो जिम्मेवारी र कतव्य संगै अधिकार खोज्ने हो भन्ने चेतनाको बिकास गर्दै अघि बढीरहेको छ ।

विषेश गरी लैंगिक हिंसा नियन्त्रणको लागी तालिम,गोष्ठी,भ्रमण,तथा मुख्यतया महिला समुहमा सहुलियत कर्जा परिचालन गरी बाख्रापालन,कुखुरा पालन,तरकारी खेती,कस्मेट्रिक पसल,टेलरिङ लगायतका क्षेत्रमा ब्यवशाय संन्चालनमा सहयोग गर्दै आएको छ ।

केन्द्रको आयोजना तथा केन्द्र अन्तर्रगतका नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ब्यवस्थापन सहयोग र नारी बाटीका डट्कम अनलाईन खबर धादिङको प्रचाप्रसारमा विगतदेखीनै लैंगिक हिंसा,तथा घरेलु हिंसा विरुद्धको सचेतनामुलक कार्यहरुमा योगदान गर्दै आईरहेको छ । कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेश सांसद् गोविन्द प्रशाद लम्सालले नारी जागरण केन्द्रले धादिङका महिला बालबालिकाका क्षेत्रमा निकै राम्रा काम गर्दै आईरहेको छ । आगमी दिनमा पनि समाज विकासका लागी महिलाहरुलाई एकजुट बनाई राम्रा कामलाई निरनतरता दिनु पर्ने वताउनु भएको छ ।

साथै समुदाय विकास निम्ती ईमान्दारिताको साथ सही काम गर्ने संघसंस्थाको साथमा आफुले सहयोग गर्ने वताउनु भयो । कार्यक्रममा केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले केन्द्रले हाल सम्म गर्दै आएको गतिविधि तथा आगामी आर्थिक वर्षको कार्यक्रम बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साथै केन्द्रका कोषाध्यक्ष तथा लेखापाल बाट आर्थिक वर्ष २०७९।०८०को वर्षभरीको आय व्यय, बिवरण, प्राप्ती तथा भुक्तानी विवरण, कार्य समितिको निर्णय तथा विधानमा आधारित भई मुलभुत रुपम लेखापालनको सर्व स्वीकृत सामान्य सिद्धान्त अनुसार आर्थिक कारोबारका अभिलेखहरु नियम बमोजिम राखिएको थियो ।

बाहिरी दातृ निकायको परियोजना नभएता पनि केन्द्रले स्थानिय तह निलकण्ठ नगरपालिका,संस्था अन्तर्रगतको नारी बिकास सहकारी संस्था,तथा केन्द्रको आफ्नै आन्तरिक स्रोतहरु परिचालन गरी काम गरी आएको कार्यहरु निती संम्वद छ की छैन,अंक गणितिय शुद्धता छ कि छैन सामान ढंगले केन्द्रले आर्थिक कारोबार गरेको छ कि छैन लगाएतका बारेमा अतिथी,संन्चारकर्मी,केन्द्रको आजिवन सदस्यमा छलफल भई पारित गरिएको छ ।

साथै पछिल्लो समयमा भड्किलो,खर्चिलो र आलोचित बन्दै गैरहेको सम्पुर्ण नेपाली महिला दिदीबहिनीहरुको तिज पर्वको महोत्व र भडकिलो,खर्चिलो र र तामझामको साथ मनाईने प्रचलन बडेकोले सो बारे नियन्त्रण गर्नको लागी पनि तिजको महत्व र सामान्य रुपमा पनि हाम्रो चाडपर्व मान्न सकिने विषयमा सन्देश दिईएको छ ।

तिज पर्व निकै भड्किलो तवरले गैरहेकोले महिलाहरु माथी आलोजना हुने गरेको छ भने तीजको ३ महिना अगावै बजारमा आउने विषेश गरी दुख र वेदनाका गित लोप हुदै गएको र माया प्रेमका तिज गितले पनि यस पर्व आलोचित हुन थालेकोले सरल र मौलिक हिसाबले तिज मनाउने बारे पनि चर्चा गररी अभिमुखीकरण गरिने भएको छ ।

साथै भड्किलो पाराले तिज नमनाउन सबैमा आग्रह समेत गरिने भएको हो । नारी जागरण केन्द्र धादिङकी अध्यक्ष चित्रकुमारी भण्डारीको अध्यक्षता सम्पन्न हुने कार्यक्रममा केन्द्रका आजिवन सदस्यहरु, साधारण सदस्यहरु, नारी विकास सहकारीका कार्यसमितिका सदस्य तथा विभिन्न उपसमितिका सदस्यहरु,पत्रकारहरु,विभिन्न क्षेत्रका अतिथीहरुको आतिथ्यतामा भएको हो ।

साथै केन्द्रले जिल्लामा ४४ समुह र ३ महिला सहकारीको निर्माण गरी समुदायमा कृर्षी,खानेपानी,सिंचाईँ,पशुपालन,तरकारी खेती,बाख्रा पालन,सिपमुलक ब्यवशाय, संन्चालन भैइरहेको छ भने केन्द्र अन्तर्रगतका सहकारीहरु मध्य नारी बिकास सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा भने आउँदो भाद्र महिनाको अन्तिम हप्ता तिर हुने जनाइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस