आज:  | Sat, 18, May, 2024

पत्नी सीताको निधनपछी प्रधानमन्त्री दाहाल पहिलो पटक गृह जिल्ला चितवनमा

२७ श्रावण २०८०, शनिबार ०६:४४ मा प्रकाशित ( ९ महिना अघि) ३६७ पाठक संख्या
नारी बाटिका


चितवन,२७ साउन ।

पत्नी सीता दाहालको निधनपछी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन आईपुगेका हुन्।

श्रीमती सीता दाहालको निधन पछी पहिलो पटक आफ्नो निजी निबास चितनमा पुग्नु भएको प्रधानमन्त्री शुक्रबार साँझ पारिवारिक भेटघाटमा व्यस्त रहनु भएको थियो । दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड दुई दिनसम्म चितवनमा रहने जनाएकी छन् ।

प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगर स्थित आफ्नै निवासमा बस्ने हुनु भएको छ । श्रीमती सीताको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन स्थित आफ्नो निजी निबासमा आउनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस