
चितवन,२७ साउन ।
पत्नी सीता दाहालको निधनपछी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन आईपुगेका हुन्।
श्रीमती सीता दाहालको निधन पछी पहिलो पटक आफ्नो निजी निबास चितनमा पुग्नु भएको प्रधानमन्त्री शुक्रबार साँझ पारिवारिक भेटघाटमा व्यस्त रहनु भएको थियो । दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड दुई दिनसम्म चितवनमा रहने जनाएकी छन् ।
प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगर स्थित आफ्नै निवासमा बस्ने हुनु भएको छ । श्रीमती सीताको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन स्थित आफ्नो निजी निबासमा आउनु भएको हो ।












प्रतिक्रिया दिनुहोस