आज:  | Tue, 14, May, 2024

अनितादेवीलाई मन्त्री बनाउदै जनमत पार्टी सरकारमा सहभागी हुने पक्का

२७ श्रावण २०८०, शनिबार १९:०२ मा प्रकाशित ( ९ महिना अघि) ४४० पाठक संख्या
नारी बाटिका


काठमाडौं,२७ साउन ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल (व्रचण्ड)को नेतृत्वमा चलिरहेको वर्तमान सरकारमा अनितादेवीलाई मन्त्री बनाउदै जनमत पार्टी सरकारमा सामेल हुने पक्का भएको छ । प्रधानमन्त्रि पुष्पकमल दाहालबिचको छलफल बाट सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने पक्का भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्रीमा नियुक्त गर्न लाग्नु भएको छ । प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रबाट सरकारमा गएकाहरु मध्ये एक जनालाई फिर्ता बोलाएरै भएपनि जनमत पार्टीलाई सरकारमा सामेल गराउन लागिएको हो ।

तर यता माओवादी केन्द्रका सचिव एवं प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेलले भने मन्त्री थप्ने विषय टुंगिन बाँकी रहेको बताउनु भएको छ । ‘उहाँहरूले पहिला नै दिएको नाम हो, टुंगिसकेको छैन’, उनले भने, ‘विषय टुंगिए पछी मात्रै मन्त्री फिर्ता बोलाउने र थप्ने कुरा हुन्छ ।’

जनमत पार्टीका सांसद अब्दुल खानले भने भोलिसम्म सरकारमा सहभागी हुने बताएका हुन् । ‘हामीले यही मन्त्रालय चाहियो भनेका छैनौँ, उनले भने, ‘प्रधानमन्त्रीले जुन मन्त्रालय खाली गराउन सक्नु हुन्छ हामी त्यसैमा जाने कुरा भएको छ ।’

यसअघि भने प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस