आज:  | Sun, 19, May, 2024

जनमत पार्टीलाई सरकारमा सामेल गराउदै, आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी,

२८ श्रावण २०८०, आईतवार ०७:५६ मा प्रकाशित ( ९ महिना अघि) ४४७ पाठक संख्या
नारी बाटिका


काठमाडौं, २८ साउन, ।

जनमत पार्टीलाई सरकारमा सामेल गराउदै, आज प्रधानमन्त्री दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गर्नु भएको छ । नेकपा माओ नेकवा माओजादप् तृत्वको सरकारलाई बलियो बनाउने रणनितिमा लागेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सामेल गराउन लागेका हुन् ।

एक स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुने भएको छ । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरि निर्णय समेत गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारीमा लाग्नु भएको हो ।

प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ भने जनमत पार्टीको समेत सहभागिता भएपछी सदस्या संख्या पनि बड्ने भएको छ । जनमतलाई सहकारमा सहभागी गराउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई समेत हटाउनु पर्ने भएको छ ।

यसको लागी (प्रधानमन्त्रि दाहाल प्रचण्ड)ले माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकजनालाई हटाएर भएपनि जनमत पार्टीकी अनिता देवी शाहलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस