आज:  | Sun, 12, May, 2024

मौसम सम्वन्धि जानकारी : आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

३२ श्रावण २०८०, बिहीबार ०७:४१ मा प्रकाशित ( ८ महिना अघि) ६६८ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ३२ साउन ।

आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । बिहिवार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना जनाएको छ।

अहिले विहानीको समय गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। गण्डकी प्रदेशको केही स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तै पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले नागरिकको धनजनको क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस