आज:  | Sat, 18, May, 2024

राष्ट्रपति पौडेलको आवहानमा पहिलो पटक सर्वदलीय बैठक बस्ने तयारी

३२ श्रावण २०८०, बिहीबार १५:४४ मा प्रकाशित ( ९ महिना अघि) ५१६ पाठक संख्या
नारी बाटिका


काठमाडौं,३२ श्रावण

राष्ट्रपति रामचन्द्र पौडेलको आवहानमा पहिलो पटक सर्वदलीय बैठक बस्ने भएको छ । राष्ट्रपति पौडेलद्धारा संसद्को अवरोध हटाउने विषयमा पहिलोखपटक सर्वदलीय बैठक बोलाउन लागिएको हो ।

राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताउनु भयो ।
थापाका अनुसार आगमी शनिबार अथवा आइतबार सर्वदलीय बैठक बोलाइने तयारी गरिएको छ ।

यस विषयमा गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि यो बीचमा छलफल गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस