आज:  | Sun, 19, May, 2024

धादिङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु, तथा संक्रमितको संख्या १७ सय ५५ पुग्यो

३२ श्रावण २०८०, बिहीबार २०:१२ मा प्रकाशित ( ९ महिना अघि) ९२९ पाठक संख्या
नारी बाटिका


धादिङ,३२ साउन ।

पछिल्लो समयमा धादिङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु, भएको छ भने संक्रमित हुनेको संख्या १७ सय ५५ पुगेको छ । यसअघी देशकै दोस्रो जिल्लाको हिसाबले डेंगु संक्रमितको संख्या उच्च भएता पनि उपचारपछी निको भएका थिए । तर पछिल्लो समयमा धादिङकी एक महिलाको मृत्यु भएको डेंगुकै कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिकाकी ७२ वर्षिय महिलाको काठमाडौ स्थित त्रि।वि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङ स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार मृतक महिलाई साउन २९ गते धादिङबाट रिफर गरिएको थियो । त्यसैगरी आज नीलकण्ठ नगरपालिकाका ६४, सिद्धलेका ५, ज्वालामुखीका २ र गजुरीका १ जना गरी ७३ जनामा डेंगु सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ।

धादिङ जिल्लामा साउन महिनामा १ हजार ७५५ जना डेंगुबाट संक्रमित भएका छन् भने नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ५३१ ज्ना संक्रमित भएका छन् ।ज्वालामुखी गाउँपालिकामा ५५, बेनीघाट रोराङ ३२, सिद्धलेकमा ३८, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १४, रुवीभ्यालीमा ११, गजुरीमा १२, नेत्रावती डबजोङमा ८, गल्छीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस