आज:  | Sat, 18, May, 2024

एक वर्षमा वैदेशिक रोजगारीमा गएका एक हजार २०८ जना नेपाली युवाले ज्यान गुमाए

१ भाद्र २०८०, शुक्रबार ०८:०८ मा प्रकाशित ( ९ महिना अघि) ४६६ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १  भाद्र ।

गएको आर्थिक वर्ष २०७९।०८० को एक वर्षमा मात्रै वैदेशिक रोजगारीमा गएका एक हजार २०८ जना नेपाली युवाले ज्यान गुमाएका छन् । सरकारले विप्रेषणका कारण देशको अर्थ व्यवस्था टिकाउनमा रेमिट्यान्सले ठुलो सहयोग पुर्‍याएको छ भनिरहँदा आर्थिक वर्ष २०७९र८० मा मात्रै वैदेशिक रोजगारीमा गएका मध्य ४५ जना महिलाले ज्यान गुमाएका छन् भने एक हजार १ सय ६३ जना पुरुषले ज्यान गुमाएका छन्।

यस सम्वन्धमा शुक्रबार प्रकाशित गोरखापत्र दैनिकमा समाचार आएको छ, । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या उल्लेख गएिको छ । यो संख्या यस आवको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको संख्या हो ।

यस तथ्याङकमा उल्लेख भएका बाहेक गैह्र कानुनी रुपमा वैदेशिक रोजगारीमा गई ज्यान गुमाएका,आर्थिक सहायता लिन नआएका र मृत्यु भएको जानकारी भएर पनि कानुनी अप्ठ्याराले नपाउनेहरुको संख्या धेरै रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस