आज: २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026

चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो,रत्ननगर सबैभन्दा प्रभावित

२०८३ जेष्ठ १, शुक्रबार मा प्रकाशित ( ५७ मिनेट अघि) ४९७ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
चितवन -१ जेठ ।

यस वर्षको गर्मी मौसम सुरु भएसंगै चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दै गएको देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार २०८३ वैशाख ३१ सम्म चितवनमा मात्रै डेंगुका २ सय ६० र स्क्रब टाइफसका ७ सय ८३ व्यक्त्तिहरु संक्रमित भएका छन् । छोटो समयमा यसरी संक्रतिमको दर बढ्दै जाँदा स्वास्थ्य क्षेत्रमा चुनौति थपिएको हो।

जिल्लामा सबैभन्दा बढी रत्ननगर नगरपालिकामा डेंगु संक्रमण देखिएको जनाएको छ । रत्ननगरमा मात्रै ८३ जना संक्रमित पुष्टि भएका छन् । त्यस्तै भरतपुर महानगरपालिकामा ५५ , खैरहनी नगरपालिकामा ३५, राप्ती नगरपालिकामा १७ जना तथा कालिका नगरपालिकामा १० जना संक्रमित भेटिएका हुन् । यस्तै अन्य स्थानीय वडा तथा पालिकामा पनि छिटफुट संक्रमितहरु देखिन थालेको जनाइएको छ ।

यसैगरी स्क्रब टाइफस संक्रमणशरु पनि बड्दै गएकोले जोखिम बन्दै गएको छ । यस रोगको संक्रमितहरु पनि रत्ननगरमै सबैभन्दा धेरै देखिएका छन् ।

पछिल्लो समय उक्त्त स्थानमा मात्रै २ सय १८ जना संक्रमित पुष्टि भएका छन् । यस रोगले खैरहनी नगरपालिकामा ९९,भरतपुर महानगरपालिकामा ७८, राप्ती नगरपालिकामा ७२ र कालिका नगरपालिकामा ६४ जना संक्रमित फेला परेको ज्ल्लिा स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले पुष्टी गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस