आज:  | Sun, 19, May, 2024

ललिता निवास जग्गा प्रकरणमा शक्तिशाली द्वय नेता नेपाल र भट्टराईलाई सोधपुछ नगर्ने तयारी

२ भाद्र २०८०, शनिबार ०८:११ मा प्रकाशित ( ९ महिना अघि) ३१८ पाठक संख्या
नारी बाटिका


धादिङ २ भदौ

इतिहाँसकै दोहनको प्रमुख सवाल राज्यको सम्पत्ती व्यक्तिको नाउँमा लगिएको ललिता निवास जग्गा प्रकरणमा शक्तिशाली द्वय नेता नेपाल र भट्टराईलाई सोधपुछ नगर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र डा(बाबुराम भट्टराईसँग सोधपुछ समेत नगरि ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको हो ।

सत्ता गठबन्धन दलहरुको दबाबपछि सीआईबीले नेपाल र भट्टराईसँग बयान नलिइ अनुसन्धान टुङ्ग्याउन लागेको हो । यसअघि साउन २१ गते सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषदबाट भएका निर्णयका ‘निर्णयाधिकारी’लाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । तर सत्ता गठबन्धन दलहरुको दबाबपछि उनीहरुलाई उन्मुक्ती दिन खोजिएको हो ।

सर्वोच्च अदालतको आदेशपछि सीआईबीले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको बेला सरकारमा सामेल घटकदलहरुले यसो नगर्न गएको सोमवार सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सीआईबीलाई दवाब दिएपछी प्रहरी अनुसन्धान ब्युरो पछी हटेको हो ।

साथै उक्त बैठकमा सत्तारुढ दलका नेताहरुले सर्वोच्चको आदेशमाथि असन्तुष्टि जनाउँदै यसलाई न्यायिक सक्रियता भन्दै प्रश्न समेत उठाएका थिए । महान्यायाधिवक्ता दीनमणि पोखरेलको समेत उपस्थितिमा बसेको बैठकमा दुवै नेताहरुलाई बयान नलिइ मुद्दा अघि बढाउने वातावरण बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन् ।

त्यसपछि दुवै नेतासँग बयान लिने तयारीमा रहेको सीआईबी केही प्रतिउत्तर नगरी पछि हटेको हो । तर बाँकी अन्यको भने सीआईबीले आइतवार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

ललिता निवास प्रकरणमा असार १२ गते यता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित २० जनालाई पक्राउ गरेर सीआईबीले बयान लिइ सकेको छ ।

तस्वीर : अनलाईन खबर बाट साभार गरिएको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस