आज:  | Wed, 01, May, 2024

धादिङमा डेंगु नियन्त्रण भन्दा बाहिर जाने अबस्था, रोकथामका लागी औपचारिकता मात्रै पुरा

२ भाद्र २०८०, शनिबार ०९:२० मा प्रकाशित ( ८ महिना अघि) ४६२ पाठक संख्या
नारी बाटिका


धादिङ,०२ भाद्र ।

धादिङमा डेंगु नियन्त्रण भन्दा बाहिर जाने अबस्था देखिएको छ । तर रोकथामका र नियन्त्रणको लागी सम्वन्धित क्षेत्रबाट औपचारिकता मात्रै निर्बाह गर्ने गरेका अबस्था समेत देखिएको छ । सुक्रवार एकै दिन ९० जनामा संक्रमण पुष्टी भएको छ । दिन प्रतिदिन बढ्दै गएको डेंगु सक्रमण दर हिजो एकै दिन ९० जनामा डेंगु संक्रमण भएको छ भने डेंगुकै कारण एक महिलाको मृत्यु समेत भैइसकेको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार  नीलकण्ठ नगरपालिकामा ६६ जना, बेनीघाट रोराङ गाउँपालिकामा १५ जना, सिद्धलेकमा ४ जना, ज्वालामुखीमा २ जना, नेत्रावती डबजोङ, खनियाबास र रुवी भ्याली गाउँपालिकामा १।१ जना गरी ९० जनामा डेंगु पुष्टि भएको हो ।

पछिल्लो समयमा डेंगु सक्रमण भएको बिरामीहरुको चाप जिल्ला हस्पीटलमा बढीरहेको छ । सक्रमितको दरलाई फर्केर हेर्दा साउन महिनाको अवधिमा ९२५ जना पुरुष र ९२० जना महिला गरी धादिङका १ हजार ८ सय ४५ जना संक्रमति भएका छन् । जसमध्ये नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ५ सय संक्रमित भईसकेका छन् ।

त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५७, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४२, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा १२, नेत्रावती डबजोङमा ९, गल्छीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

सक्रमणको दर दिन प्रति दिन बढी रहेको अबस्था छ । यो काम गर्‍यो भन्ने जनमासमा देखाउनकै लागी केही फाटफुटे काम देखाई औपचारकता मात्रै पुरा भएको अबस्था छ । जनचेतना जगाउनको केही आफ्ना ब्यक्ति निकट मिडियाहरुलाई सचेतनाका सामाग्री प्रशारण गर्न लगाई बजेट बिनियोजन गर्ने गरेको भन्दा रोकथामको लागी सचेतनामुलक कार्यमा खासै चिन्तित देखिदैन, मात्रै बजेट सक्रने गरेको अबस्था छ ।

तर गम्भिर रुपमा यसको नियन्त्रण र रोकथामको लागी जिल्लाका जनप्रतिनिधीहरु,स्थानिय तहका कर्मचारीहरु,सम्वन्धित स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु,मा यस विषयमा चासो र चिन्तित रहेको भने तेती पाइएको देखिदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस