आज:  | Sat, 18, May, 2024

अन्तर्राष्ट्रिय धादिङ समाज र राष्ट्रिय समन्वय परिषद्हरु बीचमा अन्तरक्रिया कार्यक्रम

३ भाद्र २०८०, आईतवार ०७:१४ मा प्रकाशित ( ९ महिना अघि) ४६४ पाठक संख्या
नारी बाटिका


भगवती  उप्रेती

धादिङ, ३ भदौ ।

अन्तर्राष्ट्रिय धादिङ समाज र राष्ट्रिय समन्वय परिषद्रका सदस्यबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । धादिङ समाजले राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरु,विभिन्न समितीका संयोजकहरुका बिचमा समाजले गरेका विगतका गतिविधी,आगमी कार्ययोजनाका बारेमा आवश्यक छलफलबाट पृष्टपोषण गरी समाजलाई थप मजबुद बनाउनका लागी विभिन्न देशमा छरिएर रहेका समाजका पदाधिकारीहरु बिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

समाजका सबै जसो पदाधिकारीहरु रोजगारीको सिलसिलामा नेपाल बाहिर बस्ने भएकोले शनिवार भर्चुअल माध्यमबाट जिल्लाको विकासको लागि गर्न सकिने सहयोग र आगामी योजनाहरुको विषयमा छलफल भएको समाजका प्रवक्ता तथा कार्यक्रम संयोजक विशेष लोहनीले जानकारी दिनु भयो।

समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय समन्वय समिति अन्तर्गत धादिङ समाज संयुक्त राज्य अमेरिका अध्यक्ष रामेश्वोर बुर्लाकोटी, धादिङ समाज जापानका अध्यक्ष श्याम हरि तिम्सिना, धादिङ समाज फिनल्याण्डका संयोजक सुदिप भुषण अर्यालको विषेश आतिथ्यता रहेको थियो ।

त्यसैगरी धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष भवानी प्रसाद पौडेल, धादिङ समाज दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष पूर्ण मान तामाङ, धादिङ समाज जापानका उपाध्यक्ष बिमल श्रेष्ठ र धादिङ समाज युएईका प्रवक्ता राम सिम्खडा को आतिथ्यता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय समन्वय समिति अध्यक्ष तथा संयोजकहरुले आफुहरुले गरेका गतिबिधी जानकारी दिनुका साथै अन्तर्राष्ट्रिय धादिङ समाज लाई विभिन्न सल्लाह र सुझावहरु दिनु भएको थियो। बिगतका दिनहरुमा पनि सहयोग गर्दै आएको र अन्तराष्ट्रिय धादिङ समाजका आगामी परियोजना र गतिविधिहरुमा पनि राष्ट्रिय समन्वय समितिको सक्दो सहयोग र ऐक्यवद्धता रहने बताउनु भएको छ।

साथै आउदै गरेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अधिबेशन मा एक ढिक्का भएर अगाडी बढ्ने विषयमा समेत छलफल भएको छ । समाजका महासचिव राजेन्द्र श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा कार्यसमिति सदस्य नीरु त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्थानीय निकायहरु संग समन्वयमा सम्पन्न गरेका कार्यक्रमहरुका विषयमा जानकारी गराउनु भयको थियो। कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राजन खकुरालले राष्ट्रिय समन्वय समितिका अध्यक्षहरु लगायत सम्पूर्ण सहभागिता प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आउदा दिनमा झनै बृहत रुपमा सहकार्य तथा समन्वय गरि अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । साथै समाजले अघि सारेका परियोजना र आगामी गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो।

अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष सबिन थपलिया, सचिब राजेन्द्र थपलिया, सह कोषाध्यक्ष रामकुमार थापा, केन्द्रिय सदस्य निरु त्रिपाठी, सुजाता दुवाढी, राजेश्वर बस्नेत,होम अधिकारी, दिपेश सिम्खडा, मानु श्रेष्ठ, महिँन्दो वाईवाको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस