आज:  | Wed, 01, May, 2024

पहिलो चरणमा धादिङका पैतिस सय पशुमा लम्पी स्कीन विरुद्धको खोप

३ भाद्र २०८०, आईतवार १४:१२ मा प्रकाशित ( ८ महिना अघि) १७१ पाठक संख्या
नारी बाटिका


बागमती, ३ भदौ

पहिलो चरणमा धादिङका करिब पैतिस सय पशुमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको छ । पछिल्लो समयमा लम्पी स्कीन रोगले किसानीहरुको पशुचौपाया मर्दै जाँदा धेरै समस्या देखिन थालेपछी सरकारले यस रोग विरुद्धको खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत धादिङका तीन हजार पाँच सय १० पशुमा खोप लगाइएको हो ।

बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजार भन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चितवन जिल्लामा नौ हजार २५, दोलखामा दुई सय ८४, भक्तपुरमा नौ सय २१, ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६ पशुमा खोप लगाइएको छ ।

साथै सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रे पलाञ्चोकमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७ , तथा रसुवा जिल्लामा एक हजार एक सय ८८गोरु तथा बाच्छावाच्छी लगायतको पशुचौपायामा लम्पी स्कीन विरुद्धको खोप लगाइएको हो ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशमा विगत एक वर्षमा लम्पी स्कीबाट छ हजार दुई सय ९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन् भने एक लाख १० हजार चार सय ४० गाई गोरु तथा बाच्छाबाच्छी सङ्क्रमित भइ बिरामी अबस्थामा छन् ।

प्रदेश अन्तर्रगतका आठ भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र मार्फत खोपकर्ता नियुक्त गरिएको थियो । जस अन्तर्गत एक हजार ४६ जना खोपकर्ताले १३ जिल्लामा यस रोग विरुद्ध खोप लगाएका छन् ।

अभियान अन्तर्गत खटिएका प्राविधिकले खोप लगाउनुका साथै पशुचौपायालाई कसरी स्वस्थ्य र सुरक्षित राख्ने विषयमा जानकरी समेत गराउने गरेको जनाइएको छ ।

प्रदेशमा अझै पनि एक लाख ५० हजार भन्दा बढी पशुचौपायालाई खोप लगाउनु बाँकी छ । मन्त्रालयका सचिव डा शरण कुमार पाण्डे सप्ताह व्यापी खोप अभियान सकिए पनि खोप लगाउने अभियान भने जारी रहेको बताउँछन् ।

पहिलो पटक नेपालमा २०७७साउनमा मोरङको पशुचौपायामा यस रोगको सङ्क्रमण देखिएको थियो । लम्पी स्किन रोगको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा पशुचौपाया मरेका छन् भने दुध उत्पादनमा समेत कमी आएको छ ।

गाई गोरु तथा बाच्छाबाच्छीमा उक्त रोग लागेपछी ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दुग्ध उत्पादन कम हुने, घाउँ खटिरा हुने,आँखा नाकबाट अत्यधिक मात्रमा सिगान बग्ने, लिम्फनोड सुनिने जस्ता लक्ष्यण देखिने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस