आज:  | Thu, 28, Sep, 2023

भक्तपुरको बाल सुधार गृहबाट १२९ कैदीबन्दी भागे,उनिहरुलाई खोज्दैछ नेपाल प्रहरी

४ भाद्र २०८०, सोमबार १८:३१ मा प्रकाशित ( १ महिना अघि) ३६७ पाठक संख्या
नारी बाटिका

तस्वीर :  अनलाईन खबर बाट  साभार

काठमाडौं, ४ भदौ ।

भक्तपुरको बाल सुधार गृहबाट १२९ जना कैदीबन्दी भागेका छन् । सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका कैदीहरुलाई नेपाल प्रहरीले कडाईको साथ खोजी गर्दा ी१२९ जना मध्ये ८७ जना कैदीबन्दी लाई काठमाडौंबाट पक्राउ गरेको छ ् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, भागेर काठमाडौं पुगेका ८७ जनालाई पक्राउ गरिएको छ । थप ८३ जना सुधार गृहमै रहेको बताउनु भएको छ।

सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष छन् ।यो रिर्पोट अनुसार अझै १२९ जना फरार रहेको देखिएको छ । उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

केही समय अगाडी भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उनीहरुको खोजीका लागि तीन वटै जिल्लाका प्रहरी परिचालित भएका छन् ।’ भनी बताउनु भएको थियो ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ भन्ने जानकारीमा आएको छ । तर भक्तपुर बाल सुधार गृहको पछिल्लो अबस्था बारे जानकारी लिन हामीले पटक पटक भक्तपुर जिल्ला प्रशासन कार्यलयमा फोन गरेका थियाँै । प्रशासन कार्यलय भक्तपुरको फोन रिसिभ भएको छैन ।सुधार गृहबाट भागेका कैदी हरु भने केही बेर अघिसम्म भक्तपुरको सडकमा देखिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस