आज:  | Sat, 27, Jul, 2024

प्रतिपक्ष र सत्तारुड दलहरुबिचमा सहमती नजिकीएसंगै प्रतिनिधिसभाको आज बैठक बस्दै, कार्यसूची यस्तो छ

५ भाद्र २०८०, मंगलवार ०७:५९ मा प्रकाशित ( ११ महिना अघि) ७६६ पाठक संख्या
नारी बाटिका


काठमाडौं,५ भदौ ।

प्रतिनिधिसभाको आज बैठक बस्ने भएको छ भने उक्त बैठकको कार्यसूची समेत यस प्रकार रहेको सार्वजनिक गरिएको छ । मंगलवार अपराह्न ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनमा प्रस्तुत गरी जानकारी गराउने भएका छन्। ​

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे पनि जानकारी गराउने लगायतका विषयमा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको हो।

सुन प्रकरणको विषयलाई एजेन्डा बनायर नेकपा एमालेलेको कारण साउन १० गतेदेखी सदन अवरुद्ध भइरहेको छ। संसद् बैठक सहज बनाउने विषयमा दलहरूको सोमबार बेलुकी भएको छलफलमा सहमति नजिक पुगेको जनाइएको छ ।

साथै प्रतिपक्ष र सत्तारुड दलहरुबिचमा सहमती नजिकीएसंगै आज मंगलबारको बैठकले निरन्तरता पाउने विश्वास गरिएको छ । ​संसद्को गतिरोध हटाउने प्रयास स्वरूप राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान सर्वदलीय बैठक बोलाउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस