आज:  | Sat, 27, Jul, 2024

डेंगु सक्रमणको पछिल्लो अबस्था : आज धादिङमा ५३ जना डेंगुका संक्रमित थपिए

५ भाद्र २०८०, मंगलवार १८:४३ मा प्रकाशित ( ११ महिना अघि) ४९१ पाठक संख्या
नारी बाटिका


धादिङ,०५ भाद्र ।
डेंगु सक्रमणको पछिल्लो अबस्था अनुसार आज धादिङमा ५३ जना डेंगुका संक्रमित थपिएका छन् । जस मध्य निलकण्ठ गरपालिकाकामा ३९ जना, गजुरी गाउँपालिकामा ८ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना, सिद्धलेक र ज्वालामुखी गाउँपालिकामा १ र १ जना गरी जम्मा ५३ जना संक्रमितको संख्या थपिएका हुन् ।

पछिल्लो सुचना अनुसार ५३ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म जिल्लामा डेंगु संक्रमण हुनेको संख्या २ हजार ४५ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमा १ हजार २६ जना पुरुष र १ हजार १९ जना महिला रहेका छन् ।

संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा १ हजार ७७० जना, ज्वालामुखी गाउँपालिकामा ६० जना, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४४, त्रिपुरासुन्दरी गाउँपालिकामा ३२, गजुरीमा २०, गंगाजमुनामा १८, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा २०, नेत्रावती डबजोङमा १०, गल्छीमा ५ र धुनीबेशी नगरपालिकामा २ जना रहेका छन् । ८ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्। बिरामी बढेसँगै धादिङवेसी लगायतका अस्पतालमा चाप बढेको छ ।

साथै यस डेंगु सक्रमणबाट जोगिनको लागि झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्ने लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन तथा सरसफाईमा विषेश ध्यान दिन चिकित्सकहरुको आग्रह रहेएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस