आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

आज धादिङमा थप ६२ जनामा डेंगु संक्रमण पुष्टी, नीलकण्ठ नगरपालिकामा मात्रै ४४ जना सक्रमित

२०८० भाद्र ८, शुक्रबार मा प्रकाशित ( २ साल अघि) १४२६९ पटक पढिएको
नारी बाटिका


धादिङ,०८ भाद्र ।

आज धादिङमा थप ६२ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । जसमध्य नीलकण्ठ नगरपालिकामा मात्रै ४४ जना सक्रमित भएका छन् । सुरुदेखी नै धादिङका डेंगु सक्रमित संख्या मध्य नीलकण्ठ नगरपालिकाका ७५ प्रतिभन्दा माथी रहेका छन् । शुक्रबार नीलकण्ठ नगरपालिकाका ४४ जना, सिद्धलेकका ५ जना, धुनीबेशी, गजुरी, ज्वालामुखीका ३ ।र३ जना, बेनीघाट रोराङका २ जना र खनियाबास गाउँपालिकाका १ जनामा डेंगु पुष्टि भमएको हो ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लामा २ हजार २३२ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १ हजार ९०६ जना नीलकण्ठ नगरपालिकाका मात्रै रहेका छन् ।

त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ७० जना, बेनीघाट रोराङ ५५ सिद्धलेकमा ५७, त्रिपुरासुन्दरीमा ३५, गजुरीमा २३, गंगाजमुनामा १९, खनियाबासमा १६, रुवीभ्यालीमा १२, नेत्रावती डबजोङमा १४, गल्छीमा ८ र धुनीबेशी नगरपालिकामा ७ जना रहेका छन् । १० जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

चिकित्सकका अनुसार एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्।

यस रोगबाट बच्नको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस