धादिङ,०८ भाद्र ।
आज धादिङमा थप ६२ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । जसमध्य नीलकण्ठ नगरपालिकामा मात्रै ४४ जना सक्रमित भएका छन् । सुरुदेखी नै धादिङका डेंगु सक्रमित संख्या मध्य नीलकण्ठ नगरपालिकाका ७५ प्रतिभन्दा माथी रहेका छन् । शुक्रबार नीलकण्ठ नगरपालिकाका ४४ जना, सिद्धलेकका ५ जना, धुनीबेशी, गजुरी, ज्वालामुखीका ३ ।र३ जना, बेनीघाट रोराङका २ जना र खनियाबास गाउँपालिकाका १ जनामा डेंगु पुष्टि भमएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लामा २ हजार २३२ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १ हजार ९०६ जना नीलकण्ठ नगरपालिकाका मात्रै रहेका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ७० जना, बेनीघाट रोराङ ५५ सिद्धलेकमा ५७, त्रिपुरासुन्दरीमा ३५, गजुरीमा २३, गंगाजमुनामा १९, खनियाबासमा १६, रुवीभ्यालीमा १२, नेत्रावती डबजोङमा १४, गल्छीमा ८ र धुनीबेशी नगरपालिकामा ७ जना रहेका छन् । १० जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
चिकित्सकका अनुसार एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्।
यस रोगबाट बच्नको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरिएको छ ।
धादिङ ११ असोज
पछिल्लो समयमा बढिरहेको ड्युटिमा खटिएका डाक्टरहरु माथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगले सबैमा अनुरोध गरेको छ । आयोगले विहिबार एक विज्ञप्ति प्रकाशित गर्दै केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन लगायतका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरु माथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोड प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
चिकित्सकहरुले आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असर प्रति पनि गम्भीर ध्यानाकर्षण भएको प्रकाशित विज्ञप्तिमा आयोगले जनाएको हो ।
डाक्टरको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेको समस्याहरु सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको पनि आयोगले जनाएको छ । आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई निर्देशन समे दिएको छ ।
धादिङ,११ असोज ।
नेपाल प्रहरी धादिङको आयोजना तथा ६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला स्तरी निबन्ध लेखन प्रतियोगिता हुने भएको छ । कार्यक्रमका बारेमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय धादिङले वुधबार एक सुचना प्रकाशित गरेको छ ।नेपाल प्रहरीले मनाउन गैइरहेको ६८ औं प्रहरी दिवसको अवसरमा असोज १५ गते कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबीचमा जिल्ला स्तरी निबन्ध लेखन प्रतियोगिता गर्न लागिएको हो ।
पछिल्लो समयमा नेपाल प्रहरीले प्रहरी मेरो साथी भन्ने मुल नारालाई अघि सार्दै समुदायबिच हातेमालो गरी काम गर्दै आईरहेको छ । यसरी समुदायसंग सहकार्य गर्दै नजिक रहेर काम गर्दा प्रहरी संगठनले समुदायको मन जितेको छ भने समदाले पनि नेपाल प्रहरीको कार्य प्रति विस्वास बढाउन थालेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा समुदायमा नेपाल प्रहरीको भुमिका विषयकमा हुने प्रतियोगितामा प्रत्येक विद्यालय बाट एक जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा पठाउन प्रहरी उपरिक्षक गौतम मिश्रले आग्रह गर्नु भएको छ ।
उक्त निवन्ध प्रतियोगिताको लागि भोली १२ गते भित्र पत्र अथवा फोन मार्फत् नाम दर्ता गराई सक्नुपर्ने छ । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु मध्ये एक जनाले मात्रै सहभागिता जनाउनु पर्ने र प्रतियोगिताको समय एक सय ८० मिनेटको छुट्याईएको सुचनामा भनिएको छ ।
यस्तै सहभागिहरुलाई प्रतियोगिताको लागि आवश्यक पर्ने सामाग्रीहरु कार्यालय बाटै उपलब्ध गराईने, प्रतियोगिहरुले आफ्नो पहिचान खुल्ने गरी निबन्धमा संकेत वा सन्देश लेख्न नपाईने , अंग्रेजी र नेपाली भाषा मध्ये कुनै एक भाषा प्रयोग गर्न पाईने, निबन्ध लेखन पन्ध्र सय देखि २ हजार सम्मको शब्दमा हुनुपर्ने उपरिक्षक मिश्रले बताउनु भयो ।प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई कार्यालय बाट पुरस्कृति गरिने छ ।
साथै प्रथम प्रतियोगी निबन्धलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालद्धारा आयोजना हुने केन्द्रिय स्तर निबन्ध प्रतियोगितामा मुल्यांकनको लागि बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मार्फत सिफारिस गरि सर्वोत्कृष्ट निबन्ध प्रतियोगिलाई केन्द्रिय स्तरबाट दिवसको अवसरमा नगद रु। २५ हजार र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
काठमाडौं,१० असोज ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हाल आन्दोलनमा आएका फुटपाथ व्यपारीका माग पूरा गर्न नसक्ने बताएका छन् । बालेनले फुटपाथ,बाटो तथा राइट(वेमा व्यापार गर्नु गैरकानुनी रहेको बताउदै यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानुनी रूपमा हेर्दा गैरकानुनी भन्दा अलग नभएको सामाजिक सञ्जाल मार्फत यस्तो बताएका छन् ।
हाल महानगरपालिकाको बिरुद्धमा आन्दोलन गरिरहेका फुटपाथ व्यवसायीलाई विकल्प दिइनु पर्ने लगायत माग राखी काठमाडौं महानगरपालिका कार्यालय अगाडि ९ दिनदेखि उभिएर विरोध जनाइरहेका अभियन्ता ईःका नाममा सामाजिक संन्जाल मार्फत यस्तो जवाफ दिएका हुन् । प्रमुख बालेनले जे कुराका लागि उभिएको हो, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुने तर त्यो संस्थागत बाटो नसमात्नुमा दुस्ख लागेको बताएका छन्।
‘उनले भनेका छन् , हामीलाई थाहा छ, तपाईं कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनु हुन्न। कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ। तपाईंले उठाएका मागहरूलाई तपाईं परिचालित हो भनेर पन्छाउन चाहन्नौँ’, उनले लेखेका छन्। आन्दोलन बन्द गरेर कानुनको पालना गर्न र गराउन पनि आग्रह गरेका छन् । ‘हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनु होला’’, बालेनले लेखेका छन् ।
महानगर प्रमुख बालेनल ईस्लाई लेखेको पत्र
प्रीय ई
हामीलाई थाहा छ, तपाईं कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न। कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ। तपाईंले उठाएका मागहरूलाई तपाईं परिचालित हो भनेर पन्छाउन चाहन्नौँ। तर तपाईं जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो। तपाईंले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ । दुबैजना वार्तामा बसौँ न भन्दा पनि मान्नु भएन। ठीकै छ, तपाईंको इच्छा भनेर त्यसका लागि पनि कुनै दुर्भावना वा अहम राख्ने कुरा हुन्न।
अब फुटपाथ र त्यसमा हुने व्यापार व्यवसायका बारेमा हाम्रो धारणाहरूमा प्रवेश गरौँ
१। फुटपाथ, बाटो तथा right of way मा व्यापार गर्नु गैरकानुनी हो । यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन।
२। समय छुट्याउने बारेमा पनि अवस्था फरक हुने रहेछ । बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिड्छन्, दृष्टिविहीन हिंड्छन्, गर्भवतीहरू हिंड्छन्, विरामीहरू हिँड्छन्। त्यस्तै सोही समयमा आगलागीका घटना नहुने होइन। मानिसहरू विरामी नपर्ने होइनन्। त्यस्तो आपत्कालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरूले अवरोध गर्छन्। यही कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरू पनि हटाइन्छन् ।
त्यसैले कसैको निर्माणका लागि वा १००० व्यक्तिहरूका लागि ५० लाख जना हिड्ने अधिकार हनन् गर्न वा तिनलाई जोखिममा राख्न मिल्दैन । गत एक वर्षमा काठमाडौँ महानगरको कल सेन्टरमा आएका २० प्रतिशत भन्दा ज्यादा गुनासाहरू जुन करिब १००० जति छन्, ती सबै फुटपाथबाट व्यापार, व्यवसाय हटाउने सम्बन्धकिा छन् ।
३। फुटपाथ बाहेक अन्य कुनै ठाउँमा मिल्छ कि भन्ने प्रसंगमा खाली ठाउँ जस्तो देखिने सार्वजनिक जग्गा व्यापार गर्न मेयरले मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले पनि अहिलेका ऐन कानुन टेकेर दिन मिल्दैन । निजी जग्गाहरूमा त अहिले पनि सामूहिक बजारको अभ्यास भइरहेकै छ। काठमाडौँले नेपाल सरकारसँग मिलेर फुटपाथ व्यापारीहरूलाई व्यवस्थापन गर्न भृकुटी मण्डपमा कोसिस गरेकै हो। तर त्यसले फुटपाथ खाली भएन। समस्याको समाधान गरेन।
४। त्यस्तै कतिपय जग्गा त हामीले चाहेर पनि दिन मिल्दैन । किनकि, महानगरको जग्गा र नेपाल सरकारको जग्गाको स्वामित्व फरक(फरक हुन्छ । दिने र नदिने अधिकार फरक(फरक प्रक्रिया र निकायमा हुन्छ । यसैले नेपाल सरकारको सरकारी जग्गा, त्यो दिने वा नदिने अधिकार महानगरसँग छैन। साँच्चै भन्ने हो भने, महानगरसँग त्यस्तो जग्गा भएको भए त्यहाँ २ कोठाको सार्वजनिक शौचालय सबै भन्दा पहिले बनाउँथ्यौँ । वास्तविकता के हो भने महानगरसँग जग्गा छैन ।
महानगरका वडा कार्यालयहरू पनि भाडामा बसेका छन् । तपाईले माग गर्नु भएको ठाउँमध्ये एउटा ठाउँ ५२ वर्षदेखि नेपाल सरकारले मुअब्जा नदिएर १५० परिवारलाई सुकुम्बासी बनाइएको छ। त्यो ठाउँमा कुन चाहिँ नैतिकतामा हामीले व्यापार गर्न दिन मिल्ला ?
५। यस्तो धरातलमा तपाईंका माग पुरा गर्ने अधिकार हामीसँग नभएको बुझ्नु भयो नै होला। संविधान, सार्वजनिक सडक ऐन जस्ता सम्बन्धित विषयहरू हामीले परिवर्तन गर्न सक्ने कुरा भएन । त्यसो भए फुटपाथमा व्यापार व्यवसाय गर्न दिइ रहन महानगरले आँखा चिम्लिदिने तर्क आउन सक्ला । तर, गैरकानुनी कुरामा आँखा चिम्लिने जस्तो चाहना स्वयम् तपाईंको पनि नहोला, विधिको पालना तपाईंको पनि इच्छा होला भन्ने लाग्छ ।
६। मैले चुनावी एजेन्डा बिर्सिएको छैन र बिर्सिन्न पनि
गरिबको सधैका लागि बोलिदिने काठमाडौं महानगर छ ।
घोषणापत्रको कुन पेजको कुन बूँदामा लेखेको छु भन्ने पनि थाहा छ। त्यो बूँदा कुनै अमुक व्यक्ति वा समूहको व्यवस्थापनका लागि मात्र थिएन, त्यो गरिबी निर्मूल गर्ने एउटा चरणको रूपमा थियो । महानगरको सिमितता र सम्भावना दुबैको प्रत्यक्ष अध्ययनबाट केही कार्यक्रमहरू थप परिस्कृत गरिएका हुन् । अहिले पनि भन्छौँ, संसारैबाट गरिबी हटाउने हो, गरिब होइन । यसैले हामीले श्रम बैंक मार्फत रोजगारी सिर्जना गर्दैछौँ । सामान्य तालिमहरूबाट प्राप्त गरिने र सहजै बजार पाउने सीपहरू सिकाउनका लागि १० करोड भन्दा बढी बजेट छुट्याएका छौँ। गतवर्ष मात्र हामीले १५ हजार भन्दा धेरैलाई छात्रवृत्तिको व्यवस्था गरायौँ ।
स्वास्थ्यमा १० प्रतिशत छुटको प्रक्रिया लागू गर्ने वित्तिकै हरेक दिन ९०० शैयामा विपन्नले उपचार पाउने हक स्थापित हुन्छ। यसरी धेरै गर्न सकिने ठाउँ हुँदाहुँदै भारत र चीनबाट ल्याइएका सामानहरू फुटपाथमा बेच्न दिएर गरिबी निवारण हुन्छ भन्ने हामीलाई लाग्दैन। बरु यसले प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकाहरूलाई धरासायी बनाउँछ। स्वर्गीय प्रेमप्रसाद आचार्यज्यूको संघर्षको मिहिन अध्ययन गर्ने हो भने पुग्न सकिने निष्कर्ष यो पनि हो।
देशभित्र बनेका तर ठूलो बजारमा जान नसक्ने अस्थायी प्रकृतिका आय सिर्जना गर्ने व्यवसाय वा उत्पादनहरूलाई व्यवस्थित गर्ने नीति लिएर काम अगाडि बढाइरहेकै छौँ। यही नीति लागू भएपछि देशमा उत्पादन भएका सामान र सेवाहरूको काठमाडौँमा बजारीकरण सहज बनाईंदा अहिले देखिएका समस्या कम हुनेछन्।
७। र, जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरू पूरा गर्नुपर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनीतिक बेइमानी देख्छौँ। उहाँहरू नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको रु?खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको ? सस्तो लोकप्रियताका लागि जायज माग पुरा गर् भन्ने सतही कुरा गरी त दिनु भयो तर यो माग जायज र यो नाजायज भनेर उहाँहरूले खोइ छुट्याउनु भएको ?
ति जायज मागहरू पूरा गर्न नसकिने ऐन कानुनहरू बनाउने उहाँहरू नै हुनुहुन्थ्यो त। त्यतिबेला उहाँले अहिले रहेको वैधानिक प्रावधानका विरुद्धमा नोट अफ डिसेन्ट खोइ लेख्नुभएको ? त्यसो होइन भने उहाँहरूले त्यो प्रावधानका बारेमा बुझाउनु पर्थ्यो। तर त्यसो गर्नु भएन। कानुनी प्रावधान सही नलागे संशोधन गर्न पाउने अधिकार भएका मानिसहरूमा उहाँहरू पनि पर्नु हुन्छ, खोइ त्यसका लागि पहल गर्नु भएको ?
हाम्रो आग्रह छ, हजारौँ काठमाडौँ बासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएका ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरूप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत वर्खिलाप हुन जान्छ। त्यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनु होला। हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरि दिनु होला।
काठमाडौँ, १० असोज ।
ेपाल प्रहरीका सम्पर्क बिहिन भएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले ेनिर्देशन जारी गरेको छ । केही समयदेखी कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेको हो ।
वुधबार प्रहरी हेडक्वाटरले गैरहाजिर प्रहरीहरुको नामावली बिवरण सहित एक सार्वजनिक सुचना प्रकाशन गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनु भयो ।
कडायतले भन्नु भयो, “लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएका र खोजतलास गर्दा पनि नभेटिएकाले आज सूचना प्रकाशित गरी गैरहाजिर हुनाका कारण खुलाई स्पष्टीकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ ।”
कार्यलयको सम्पर्क बिहिन भएका मध्यका प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित सूचना अनुसार गैरहाजिर भएका प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक हबल्दारहरु अमित श्रेष्ठ, समीर दाहाल, जनम राई र कमल श्रेष्ठ रहेका छन् ।
यसैगरी प्रहरी जवानहरुमा निवास चौधरी, पूर्ण बहादुर वली, हेमन्त कुमाल, प्रेम कुँवर, उमेश लामा, अमर डाँगी, दीपक राई, सुस्मत खड्का, केवोङलिङ आङदेम्बे, जीबहादुर पुन, राजकुमार महत, अनिल परियार, प्रकाश अधिकारी, आशामाया तामाङ, किशोर थारू, मोहनसिंह विक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भगवती उप्रेती
नारी वाटिका संवाददाता
धादिङ,१० असोज ।
धादिङको गल्छी गाउँपालिका वडा नं.६ बैरेनीमा मंगलबार बेलुकी समयमा ट्रकले स्कुटरलाई ठक्कर दिदा दुुईजना घाईते भएका छन् । मंगलबार बेलुकी अं.१८ः १५ बजेको समयमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं।६ बैरेनी स्थित पृथ्वी राजमार्गमा काठमाडौबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ ख ११८३ नं.को ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो ।
उक्त नं.को ट्रकले सोहि दिशाबाट जाँदै गरेको बागमती प्रदेश(०२०३६ प २३२० नं।को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला धादिङ गल्छी गाउँपालिका ६ बैरेनी बस्ने बर्ष अं २७ की रबिना अग्ले र सोहि स्कुटर पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष अं २६ की अन्जली ढुङ्गाना घाईते भएका थिए ।
घाईतेहरुलाई बैरेनि अस्पतालमा सामान्य उपचार पश्चात दुबै जना घाईतेलाई थप उपचारको लागी ट्रमा सेटर काठमाण्डौ पठाएको र दुबैको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । साथै घटना स्थानमा प्रहरीचौकी बैरेनिबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको ५ जनाको टोलिबाट उद्धार गरिएको थियो ।
,प्रहरीले दुबै सवारी साधन र ट्रक चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २७ बस्ने बर्ष अं ३५ को राजु चौधरी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिन भयो ।
काठमाडौँ, १० असोज ।
सरकारले हरेक वर्ष जस्तै यसवर्षको चाडबाडलाई पनि लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडवाड लक्षित गरी संन्चालन गर्न लागिएको सहुलियत मूल्य पसल यही असोज २१ गतेदेखि आगमी मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ । विशेष गरी नेपालीको मुख्य चाडपर्व दशैं तिहार, तराई क्षेत्रमा छट्पर्वलाई मध्यनजर गर्दै सहुलियत मुल्य पसल संन्चालन हुने भएको हो ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिनु भयो ।
सरकारले संन्चालन गर्ने चाडपर्व लक्षित पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा सामग्री उपलव्ध गराउने उद्देश्य लिइएको उहाँको भनाइ छ। चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।
सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो रू सातले सस्तोमा बिक्री वितरण हुने मन्त्रालयले जनाएको छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रू १० छुट दिइएको छ ।
यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई रू दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । त्यस्तै, साल्ट ट्रेडिङ मार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रू एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकिलो रू ९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो रू दुई र तेल तथा चिउरामा प्रतिकिलो रू सात छुट दिनेछ ।
त्यस्तै, दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो रू २०, पनीर प्रति दुई सय ग्राममा रू २० र प्रति पाँच सय ग्राममा रू ५० छुट दिनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टेडिङको काठमाडौँ उपत्यकामा रहेका आठ वटा बिक्री केन्द्र र तीन वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखिने भएको छ ।
यसबाहेक मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ ।
त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियत पूर्ण स्टक पनि रहने भएका छन् ।
यस सहुलियत पसलहरु आवश्यकता नुसार थप जिल्ला र स्थानहरुमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरहरुको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिनेछ ।
साथै सहुलियत मुल्य पसलहरु प्रभावकारी भएको नभएको विषयमा अनुगमन समिति पनि गठन गरिएको छ । चाडबाडको अवधिभर बजार अनुगमनको काम थप तीव्र पारिने मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाको हकमा उद्योग मन्त्रालयले सहुलियत पसल सञ्चालनको आयोजना अवधिभर अनुगमन टोली बनाई अनुगमन गर्नेछ भने सम्बन्धित संस्थानहरुले पनि आ–आफनो अनुगमन टोली बनाई जिल्ला प्रशासनको सहयोगमा अनुगमन गर्नेछन् ।
वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनको अतिरिक्त थप अनुगमन टोली बनाई सघन रुपमा अनुगमन गर्नेछ । जिल्लाहरुको हकमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली गठन गरी सघन रुपमा अनुगमन गरिने मन्त्रालयको भनाईछ ।
काठमाडौँ, ९ असोज ।
काठमाडौँ उपत्यकामा आजदेखी इन्द्रजात्राको रौनक सुरु भएको छ । वुधबार देखी हुन गईरहेको (इन्द्रजात्रा)को अवशरमा मंगलबार देखी उपत्यकाभित्र चहलपहल सुरु भएको हो । विशेष गरी नेवारी समुदायले मान्ने (इन्द्रजात्रा)को अवधिमा भोली असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन समेत प्रभावित हुने भएको छ ।
जात्रालाई ब्यवस्थित र सुरक्षित बनाउनको लागी काठमाडौँ महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।
यसैगरी असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको आयोजकले जनाइएको छ ।
नेवारी समुदायले हरेक वर्ष काठमाडौं उपत्यकाभित्र मनाईने ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएकोले महानगरले काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक,पर्वका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालाप हिँडेर सञ्चालन गरिने जनाएको छ ।
साथै महानगरपालिकाले तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पु¥याउन समेत सबै समुदायमा महानगरपालिकाले अनुरोध गरेको छ ।
अर्घाखाँची,०९ असोज ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क २ मा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा १ युवा पक्राउ परेका छन् ।
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका(२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
निज राम बहादुर पुनले बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं,०९ असोज ।
यतिवेला मौसम परिवर्तन हुने समय हो । नेपालको हावापानी अनुसार गर्मीयाम सकिएर जाडो सुरु हुन लागेको अबस्था छ । यससंगै केही दिनयता कडा ज्वरो आउने, टाउको र जोर्नी दुख्ने समस्या लिएर अस्पतालमा बिरामीको बढेका छन्। यस समस्या लिएर अस्पताल जानेहरुमा केहीमा डेंगु संक्रमण पुष्टि भए पनि केहीमा भाइरल ज्वरो भएको पाइएको छ ।
तेसो त धादिङ जिल्ला डेंगु सक्रमण उच्च भएका जिल्ला मध्यकै दोस्रो स्थानमा थियो । केही यता डेंगुका बिरामीहरु कम हुदै गएको छ भने भाइरल ज्वरोका बिमारीहरु आउन थालेका अस्पताल स्रोतले जनाएको छ । तर राजधानी काठमाडौंमा भने भाइरल ज्वरोका बिरामीहरु संख्या बड्दै गएको स्वास्थ संस्थाले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो एक हप्ता यता काठमाडौंमा डेंगुका बिरामी समेत अस्पतालमा बढेको अस्पताले जनाएको छ।
टेकु अस्पतालका अनुसार अस्पतालको आकस्मिक कक्षमा दैनिक पाँचदेखि सातजनासम्म डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन्। ओपीडीमा सेवा लिन पुग्ने बिरामी पनि बढेका जनाईएको छ ।अस्पतालका अनुसार दैनिक २०० सम्म बिरामी ओपिडीमा डेंगु जस्तै लक्षण लिएर आउने गरेका छन्।
केहीदिनदेखी भाइरलका बिरामीका साथै दैनिक डेंगुका बिरामी पुष्टि हुने संख्या बढ्दै गएको छ। ‘एक हप्ता यता जोर्नी दुख्ने, कडा ज्वरो आउने र टाउको दुख्ने लक्षण लिएर ओपीडीमा आउने बिरामी बढ्दै गएका छन्। यसरी उपचारमा आउनेलाई केहीमा डेंगु पुष्टि भएको छ भने केहीमा भाइरल संक्रमण जस्तो देखिने गरेको अस्पतालको स्रोतले बताए ।
यसैगर टेकु अस्पतालमा मात्रै होइन ललितपुरस्थित पाटन अस्पतालमा पनि यो हप्ता यस्तै लक्षण लिएर जाने बिरामीको संख्या क्रमश बढ्दै गएको छ। एक हप्तादेखी भाइरल बिरामी बढेको हो । ुसामान्यतया यो मौसममा भाइरलका बिरामी बढ्छन्’, ‘गत वर्ष जस्तै त छैन तर अन्य बेला भन्दा अलि बिरामी बढेका छन्, जसमा काठमाडौंमा डेंगुका बिरामी पनि बडेको पाईएको छ ।’
यसअघि सन् २०१३ मा यस्तै भाइरल संक्रमणका बिरामी बढ्दा परीक्षण गर्दा नेपालमा चिकनगुनियाका संक्रमण भएको पुष्टि भएको थियो। यता अस्पतालमा डेंगुका केस रिपोर्ट हुने दर बढ्दा उपत्यकामा संक्रमितको संख्या पनि बढेको छ।
यसै हप्ता काठमाडौं उपत्यकामा डेगु संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङकले देखाएको छ। एक हप्ताअघि सम्म ५०० भन्दा कम रहेको डेंगु संक्रमण हाल काठमाडौंमा ५८० जना पुगि सकेको छ। जसले गर्दा काठमाडौं डेंगु संक्रमणको ुरेड जोनुमा परेको हो । ५०० भन्दा धेरै संक्रमित भेटिएमा त्यो जिल्ला संक्रमणको ुरेड जोनु मा रहेको मान्ने गरिन्छ ।
धादिङ,०८ असोज ।
जिल्ला प्रहरी कार्यलय धादिङद्धारा गर्भवती प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त (प्रतिवादी ) पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी काचन (साविक) काचन गाविस–६ का ३५ वर्षिय अरुण कुमार मिझारलाई धादिङ प्रहरीले पक्राउ गरेको हो ।
मिझारले मोरङ विराटनगर महानगरपालिका–५ की आफ्नै प्रेमिका ३२ वर्षिय ललिता कुमारी रामको हत्या गरी फरार रहेकोमा ६ वर्षपछी यहि असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले आज पत्रकार सम्मेलन गरी धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
समाजमा अपराध गर्ने अपराधीहरु भागेर जती कानुनको नजरबाट बच्न खोजे पनि कुनै न कुनैदिन अवश्यपनि सजायँ पाउने नै छन् भने झैँ मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रले बताउनु भयो । मलेसिया, दुवई, भारत लगायतका मूलुकहरुमा गई लुकिछिपी बस्दै आएको थियो ।
उहाँले भन्नु भयो– ‘हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो ।’‘ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौ आएको परिवारका स्रोतले जानकारी दिएका थिए ।
निज मिझारले हत्या गरेका धादिङको धुनीवेशी नगरपालिका–९ टायलघर स्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ असोज १२ गते साँझ वेवारिसे दुर्गन्धित अवस्थामा मिझारका प्रेमिका ललितालाई मृत भेटिएको थियो । मृतकले लगाएको कपडा र चप्पल हेरी मृतकका भाइ निर्मलदास रामले मृतक ललितालाई आफनी दिदी हो भनी पहिचान गरेका हुन् । ’ एसपी मिश्रले भन्नु भयो– ‘मृतक ललिता पेशाले स्टाफ नर्स थिईन् ।
मृतक महिलाको मोवाइल तथा प्राविधिक अनुसन्धान पछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका खुलेको थियो । उनीहरुविचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको हो । उनीहरुविच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको छ । अहिले मिझारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
तस्वीर अनलाईन खबर बाट साभार
बेइजिङ, ८ असोज
नेपाल चीनबीच १२ वटा विषयमा काम गर्नको लागी सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । चिनको प्रधानमन्त्री पुष्पकमल दाहाल(‘प्रचण्ड)र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच नेपाल र चीनबीच विभिन्न विषयमा काम गर्नको लागी १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको जनाएको छ ।
नेपाल सरकारका विषयगत मन्त्रालय अन्तर्गतबाट कार्य गर्ने गरी सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको हो ।
चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका हुन ।
नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र बिक्री वितरण सम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदान प्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ ।
यसैगरी चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।
त्यसैगरी चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछा पालनको विकासका लागि सहकार्य गर्ने विषयमा पनि सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको हो ।
चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको नेपाल चीन व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्य टोली गठन गर्ने विषयमा पनि सहमति भएको छ ।
सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधु कुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।
यसै अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यात सम्बन्धी प्रोटोकलमा सहमति भएको छ । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।
चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नव प्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
धादिङ,०८ असोज ।
धादिङको निलकण्ठ नगरपालिका ८ मा आईतबार बेलुकी करिव ७ बजेको समयमा सबारी दुर्घटना भएको छ । बेलुकीको समयमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका ८ स्थित बंगुर फारम घुम्ती स्थित भित्रि सडक खण्डमा पाल्पा भञ्ज्याङबाट धादिङबेशी तर्फ आउदै गरेको बा३ ख १९९८ नं(को सौराज गाडि र बिपरित दिशा तर्फ जादै गरेको ग १६ प८८८६ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक धादिङ जिल्ला निलकण्ठ निलकण्ठ नगरपालिका ८ बस्ने अं.बर्ष २४का ऋषी कुमार श्रेष्ठ घाईते भई उपचारको लागी जिल्ला अस्पताल धादिङबेशी पठाएको थियो । घाईते भएका श्रेष्ठको दाहिने हात,चिउँडो र दाँहिने खुट्टामा चोट लागेको छ ।
साथै दुर्घटनामा परी घाईते भएका ऋषी कुमार श्रेष्ठको स्वास्थ्य अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा डिएसमी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो । त्यस्तै ,दुर्घटना स्थानमा जिल्ला प्रहरी कार्यलय धादिङबाट प्र.स.नि. को टोली खटि गएको,सौराज गाडी,चालक र मोटरसाईकल समेत प्रहरी कार्यलय धादिङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
श्री नारी सञ्चार प्रा.लि. द्धारा सञ्चालित
NariBatika.com का लागि
कम्पनि दर्ता नं.: २६६२९३/०७८/०७९
पान नं.: ६१००३९६८९
सूचना विभाग दर्ता नंः २९११-२०७८/०७९
प्रेस काउन्सिल दर्ता नं. १८६
निलकन्ठ-३, मिलनटोल धादिङ्ग
सम्पर्क:-
ईमेल:- [email protected] [email protected] [email protected]
वेब ठेगाना:- naribatika.com
प्रतिक्रिया दिनुहोस