आज:  | Sun, 12, May, 2024

आफुनै घरमा पालि आएको गाई काटेको अभियोगमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ

११ भाद्र २०८०, सोमबार ०७:४३ मा प्रकाशित ( ८ महिना अघि) ५१३ पाठक संख्या
नारी बाटिका


तनहुँ, ११ भदौ ।

आफुनै घरमा पालि आएको गाई काटेको अभियोगमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका(६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपाली र अन्य २ जना समेतलाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपालको धार्मिक मान्यता र परपरा अनुसार गाईलाई घरमा पालेर गौ माताको रुपमा पुजा गर्ने प्रचलन चलिआएको छ भने गाईको मल मुद्ध समते घरमा जुठो,सुत्केरो,पुजा आजा,बिवाह, वर्तवन्ध आदीमा चोख्याउनको लागी महत्पुर्ण मानिदै आएको छ ।

रमेश नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेकै अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । उक्त घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस