आज:  | Sat, 18, May, 2024

हिन्दुराष्ट्र र राजतन्त्रको माग गर्दै राप्रपा नेपालले काठमाडौंमा आउँदो भदौ २९मा जन प्रदर्शन गर्ने

११ भाद्र २०८०, सोमबार १८:५० मा प्रकाशित ( ८ महिना अघि) ३७५ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ११ भदौ । हिन्दुराष्ट्र र राजतन्त्रको माग गर्दै राष्ट्रीण् प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले काठमाडौंमा आउँदो २९ भदौमा बिशाल जन प्रदर्शन गर्ने जनाएको छ ।कमल थापा नेतृत्वको राष्ट्रीण् प्रजातन्त्र पाटी(राप्रपा) नेपालले राज संस्था पुनर्स्थापना र नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै जन आन्दोलनमा उत्रिने भएको हो ।

जस अनुसार २९ भदौमा काठमाडौंमा धर्म निरपेक्ष र गणतन्त्र विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपाल केन्द्रिय समितिको बैठकले प्रदर्शनलाई प्रभावकारी र योजनावद्ध रुपमा सफल पार्नको निमित्त कार्य जिम्मेवारी समितिहरु समेत गठन गरिएको छ ।

अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट र दलहरुको मनपरी ढंगले संन्चालन गरेका व्यवस्थाको अन्त्यको लागि व्यापक जन परिचालन गर्न निर्देशन पनि दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस