आज:  | Sat, 18, May, 2024

आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन

१६ भाद्र २०८०, शनिबार १७:०२ मा प्रकाशित ( ८ महिना अघि) ३७८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १६ भदौ

पाटीको आकार साँघुरिँदै गईरहेको बेला नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘अभियान संन्चालन गरेको छ । जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान भन्ने नाराका साथ शनिबार देखी देशैभर अभियान सञ्चालन गरिएको पार्टी स्रोतले जनाएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नु भएको थियो ।

पटक पटक मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्येको दल माओवादी केन्द्रले यस अभियान मार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्य सहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जनतासंग माओवादी अभियान अन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्धन, सेवा प्रवाहमा गरिएको सुधार लगायतका कामको प्रचार प्रसार समेत गरिने, पार्टीभित्रको समस्या तथा अन्तर विरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्ने लगायत गुनासाको समाधान खोजिने माओवादी पार्टीका सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

यस“अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्य सहित अभियान सञ्चालन हुनेछ”, उहाँले भन्नु भयो । पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ ।

साथै कम्तीमा पनि २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराउने भएको छ । अभियानका क्रममा सदस्य नवीकरण,पार्टी सदस्यता संख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

त्यसैगरी अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तर प्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तर पालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । साथै अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाइसकेको छ ।

माओवादीले अध्यक्ष सहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकेको छ । माओवादीका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले काठमाडौँको चन्द्रागिरि–२ घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुरको ललितपुर महानगरपालिका १८ हरिसिद्धी, उपाध्यक्ष त्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महमानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्नु हुनेछ ।

महासचिव देव प्रसाद गुरुङले लमजुङको सुन्दर बजार नगरपालिका–८ भोटेवडार, उपमहासचिव गिरिराज मणि पोखरेलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका, वर्षमान पुनले काठमाडौँको गोङ्गबु, हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका, जनार्दन शर्माले काठमाडौँको चन्द्रागिरि नगरपालिका, मात्रिका प्रसाद यादवले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, सचिव दिनानाथ शर्माले बागलुङको बागलुङ नगरपालिका, चक्रपाणि खनालले मोरङको विराटनगर महानगरपालिकामा अभियानको नेृतत्व गर्दै हुनु हुन्छ ।

यस्तै सचिव देवेन्द्र पौडेल कास्कीको पोखरा महानगरपालिका, लीलामणि पोख्रेल महोत्तरीको बर्दिवास नगरपालिका, गणेश साह काठमाडौँको बानेश्वर, हितमान शाक्य रुकुम पूर्वको सिस्ने गाउँपालिका, हितराज पाण्डे गोरखाको पालुङटार नगरपालिका, डिलाराम आचार्य कैलालीको धनगढी उपमहानगरपालिका, सुरेन्द्र कुमार कार्की झापाको बुद्ध शान्ति गाउँपालिका र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि नगरपालिकामा सञ्चालित अभियानमा सहभागी हुने माओवादीले जनाएको छ ।

अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिका स्तरको टोली निर्माण गरिएको छ । अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ । अभियान तीन चरणमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरणरविस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टी भित्रका अन्तर विरोधको पहिचान र समाधानको र कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने जनाएको छ ।

दोस्रो चरणमा पाँच घन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जन प्रदर्शन, जनसंघर्ष जनसेवा सहित जन परिचालनका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने प्रवक्ता महराले जानकारी दिए । माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्री एव्ं पार्टी अध्यक्ष ‘प्रचण्ड’सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तिमा एक÷एक वडाको जिम्मेवारी लिनु पर्ने नीति लिएको छ । अध्यक्ष दाहालले आफूले सातै प्रदेशका एक÷एक गरी सात वडाको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै यस अभियान आगामी कात्तिक महिनासम्म चल्ने जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस