आज:  | Sat, 18, May, 2024

आईतबार पेप्सीकोलामा बस,मोटरसाइकल,स्कुटर र जिप ठक्कर खाँदा दुई जनाको मृत्यु र १४ जना घाइते 

१७ भाद्र २०८०, आईतवार १९:५२ मा प्रकाशित ( ८ महिना अघि) ४२० पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ १७ भदौ

आईतबार पेप्सीकोलामा बस,मोटरसाइकल,स्कुटर र जिप एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु र १४ जना घाइते भएका छन् । दुई जनाको ज्यान गएको छ । साथै उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । आज विहान पेप्सीकोलामा भएको दुर्घटनामा परि १४ जना घाइते छन् भने दुई जनाको ज्यान गएको हो ।

आज बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस तीव्र गतिमा रहेको र अन्य गाडीलाई ठक्कर दिएपछि बस पनि पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका अन्दाजी २१ वर्षका राज भट्टराई र स्कुटरको पछाडि बस्ने अन्दाजी २५ वर्षकी उषा थापाको ज्यान गएको हो ।

पेप्सीकोला प्रहरीका अनुसार दुर्घघनामा परी घाइते भएकाहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अन्यको काठमाडौ स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस