आज:  | Sat, 18, May, 2024

अख्तियारद्धारा लेखा अधिकृत कार्की विरुद्ध चार करोड ६७ लाखको भ्रष्टाचार गरेको ठहर

१९ भाद्र २०८०, मंगलवार ०७:४८ मा प्रकाशित ( ८ महिना अघि) ४८३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १९ भदौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत तोरण वहादुर कार्कीले चार करोड ६७ लाखको भ्रष्टाचार ठहर गरेको छ । कार्कीले भ्रष्टाचार गरेको ठहर भएसंगै लेखा अधिकृत तोरणबहादुर कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

लेखा अधिकृत कार्कीले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्की विरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

कार्कीले सार्वजनिक पदमा रहँदा चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठम्याई रहको छ । आयोका अनुसार कार्कीले २०५३ जेठ १७ गतेदेखि २०७९ मंसिर २८ गतेसम्मको अवधिमा कुल पाँच करोड ७५ हजार ८७ हजार ३७० रुपैयाँ आर्जन गरेको पाइएको हो ।

लेखा अधिकृत कार्कीले उक्त अवधिमा उनको वैधानिक आय भने एक करोड आठ लाख ४८ हजार ५९० रुपैयाँ मात्रै पुष्टी भएको आयोगले दाबी गरेको छ । वैधानिक रूपमा आर्जन गरेको सम्पत्ती भन्दा कार्की सँग चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ बढी सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस