आज:  | Thu, 16, May, 2024

आज श्रीकृष्ण जन्माष्टमी देशका विभिन्न मठ मन्दिरहरुमा भत्तजनको घुँइचो

२० भाद्र २०८०, बुधबार ०९:५४ मा प्रकाशित ( ८ महिना अघि) ६६० पाठक संख्या
नारी बाटिका


धादिङ,२० भदौ

भगवती उप्रेती
नारी वाटिका संवाददाता

आज भाद्र कृष्ण अष्टमी तिथीका दिन, श्री कृष्ण भगवानको जन्म हुने पवित्र दिन, श्री कृष्ण जन्माष्टमी,देशका विभिन्न मठ मन्दिरहरुमा भत्तजनको घुँइचो लागिरहेको छ । हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको धार्मिक मान्यता रहेको छ।

माता देवकीका गर्भबाट आठौं सन्तानका रपमा आजकै मध्य राती १२ बजे जन्म लिनु भएका श्री कृष्ण भगवानले दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको पाईन्छ। आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ। श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–देवकी एवम् पिता वासुदेवलाई जेलमुक्त गरेर उहाँहरुका जिवन बँचाएर रक्षा गर्नु भएको हो भन्ने धार्मिक मान्यता छ।

त्यसैगरी सत्तेयुगमा पनि राक्षस अर्थात दानवको रुपमा अपराधिक मानसिकता लिएर जन्मिएका दानवजातीले भगवानलाई पनि दुख कष्ट दिने गर्दथे । सत्तेवती ऋषीमुनीहरुले दानवबाट पाएको दुख र पिडा हनन् गर्नको लागी पहिलो अवतार भगवान शिव हुन् भने आठौं अवतारका रुपमा श्री कृष्ण भगवानले जन्म लिनु भएको भन्ने बिस्वास चलिआएको छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको र आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रमा उल्लेख छ।

कुरुक्षेत्रमा कौरवहरू संगको लडाइामा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्ण भगवानका मुखारविन्दबाट व्यत्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ। यसै सन्धर्वमा आज देशैभर विभिन्न धार्मिक मठ मन्दिरहरुमा भत्तजनको भिड लाग्ने गर्दछ । साथै आजको दिन विहान सबेरै उठी स्नान गरी शुद्ध भई व्रत बसी भगवान श्री कृष्णको आरधाना गर्ने गरिन्छ । यसैगरी सकेसम्म आजको दिनमा व्रत बस्ने श्रदालु भत्तजनहरुले बेलुकी अर्थात मध्यरातको १२ बजे मात्रै भगवानको जन्म हुने भएकोले तेतीबेला सम्म अन्न र अशुद्ध खानेकुराहरु केही पनि नखाई बस्ने र राती १२ बजेपछी भगवानले जन्म लिनु हुन्छ र उहाँको पुजा गरेर मात्रै अन्न खाने प्रचलन रही आएको छ ।

विशेष गर िआजको दिन कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा धादिङबेसी पुछार बजार स्थित कृष्ण मन्दिर,सुगमटोल कृष्णमन्दिर लगायत जिल्लाको विभिन्न कृष्ण मन्दिरहरुमा बिहानैदेखी भर्तजनहरुको भीड लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस