आज:  | Thu, 16, May, 2024

निजामती दिवसका अवसरमा कर्मचारी मिलनकेन्द्रद्धारा प्रभातफेरी

२२ भाद्र २०८०, शुक्रबार ०७:४५ मा प्रकाशित ( ८ महिना अघि) ३५५ पाठक संख्या
नारी बाटिका


धादिङ,२२ भदौ

आज निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । हरेक वर्ष भाद्र २२ गतेका दिन राष्ट्र सेवक कर्मचारीहरुले मनाउने निजामती सेवा दिवसको अवसरमा आज धादिङवेसीमा कर्मचारी मिलनकेन्द्रद्धारा आयोजित प्रभातफेरी हुने भएको छ । साथै दिवसकै अवसरमा मिलन केन्द्रले धादिङबेसीमा विगत १ हप्तादेखी फुडवल प्रतियोगिता,खुल्ला कविता प्रतियोगि,रक्तदान,लगायतका कार्यक्रमको आयोजनामा गरेको थियो ।

उक्त प्रतियोगी कार्यक्रमबाट प्रथम,द्धितिय र तृतिय स्थान हाँसिल गरेकाहरुलाई पुरस्कार वितरण समेत गरिने भएको छ । नेपालमा २०१३ साल भदौ २२ देखी राष्ट्र सेवक कर्मचारीको हकहितका लागी निजामती सेवा ऐन जारी भएको दिन लाई नै दिवसको रुपमा मनाउने गरिदै आएको हो । हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिन्छ । निजामती सेवा दिवसरको अवसर पारेर धादिङमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरीएको थियो ।

सप्ताहब्यापी कार्यक्रमका बिजेताहरुलाई पुरस्कार वितरण गरिने कर्मचारी मिलन केन्द्रका अध्यक्ष अजय बिक्रम मानन्धरले जानकारी दिएका छन् । ब्याडमिन्टर प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुनेलाई शिल्डबाट पुरस्कार गरिने छ । यसैगरी फुटबल प्रतियोगितामा बिजेत र उप बिजेता हुनेहरुलाई मेडल प्रदान गरिने भएको छ । साथै रक्तदानमा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र र कविता प्रतियोगितामा प्रथम,द्धितिय तृतीय हुनेहरुलाई नगद पुरस्कार वितरण गरिने भएको छ ।

साथै सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन आज धादिङवेसी पुछारबजाबाट प्रभातफेरी हुने र मालपोत कार्यलय चोक हुदै जिल्ला समन्वय समितिको कार्यक्रम हलमा समापन सत्रको आयोजना गरी कार्यक्रम समापन गरिने आयोजकले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस