आज:  | Thu, 18, Jul, 2024

धादिङवेशीमा मोटरसाइकलले १ बालिकालाई ठक्कर दिदा बालिकाको अवस्था गम्भिर

२३ भाद्र २०८०, शनिबार ०८:५७ मा प्रकाशित ( १0 महिना अघि) ७८३ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
धादिङ,२३ भदौ ।

धादिङवेशीमा मोटरसाइकलले पैदल यात्री १ बालिकालाई ठक्कर दिदा बालिका गम्भिर घाईते भएकी छिन् ।

सुक्रबार बेलुकी अं.१८ः ३० बजेको समयमा जिल्ला धादिङ निलकण्ठ न.पा.३ एमालेचोक स्थित बसपार्कबाट बिचबजार तर्फ आउदै गरेको बा.प्र.०१ ०३० प २९७७ नंम्वरको मोटरसाइकलले पैदल यात्री ऐ. १३ घर भई हाल निलकण्ठ नगरपालिका ३ पुछारबजार कोठा भाडामा बस्ने यम बहादुर गुरुङको छोरी बर्ष ६ की सुनिता गुरुङलाई ठक्कर दिएको हो ।

उक्त मोटरसाइकलले बालिकालाई ठक्कर दिदा घाईते भई उपचारको लागी धादिङबेशी अस्पतालमा ल्याएको  थियो। साथै घाईते भएकी बालिकाको टाउकोमा चोट लागी अवस्था गम्भिर रहेको जनाएको छ ।

साथै बालिकाको अबस्था गम्भिर रहेकोले राती नै काठमाडौं ग्र्यान्डी अस्पताल पु्याएको हो । बालिकाको राती नै अप्रेशन गरिएको र हाल उनी आइसिओमा रहेको जनाइएको छ

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय धादिङबाट प्र.नि. को कमाण्डमा टोलि खटि गएको र मोटरसाइकल चालक निलकण्ठ निलकण्ठ नगरपालिका ८ बस्ने बर्ष २२ को रोशन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय धादिङको नियन्त्रणमा लिएको प्रहरी कार्यलय धादिङका प्रवत्ता एव् सुचना अधिकारी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस