आज:  | Thu, 16, May, 2024

नारी जागरण तथा नारी विकास ( NJNB) टिमको सयुक्त आयोजनामा तिज बिषेश,कार्यक्रम तिज गित: ‘नेपालको हविगत”

२३ भाद्र २०८०, शनिबार २०:२२ मा प्रकाशित ( ८ महिना अघि) १५१५ पाठक संख्या
नारी बाटिका


नेपाली हिन्दु नारीहरुको महत्वपुर्ण पर्व हरितालिका तिजको अबसरमा तिज नारी जागरण तथा नारी विकास सहकारी ( NJNB)को तिज बिषेश तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।

जागरण केन्द्र तथा नारी बिकास सहकारी ( NJNB) सयुक्त टिमको आयोजनामा शनिबार तिज बिषेश शुभकामना आदान प्रदान, दर खाने तथा रमाईलो कार्यक्रम सम्पन्न गरिएको हो।

नजेनबी टिमको कार्यलयको कार्यक्रम हलमा सम्पन्न भएको कार्यक्रममा नारी जागरण नारी बिकास सहकारीको सयुक्त नृतृ भगवती उप्रेतीको नेतृत्व तथा चित्र कुमारी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाल देशमा देखिएको बेथितीका बारेमा गितको माध्यमबाट गायिएको हो ।

सरकारका समेन्त्रले नागरिक प्रति दिने सेवा,तथा नागरिक प्रतिको व्यवहार,देशमा पछिल्लो समयम भैईरहेको भ्रष्ट्रचार लगायतका बिषयमा व्यग्यात्मक सन्देशमुलक तिज गित भगवती उप्रेतीद्धारा तिजको भाकामा तयार पारिएको सो गितलाई सहभागीहरले गायर रमाईलो पििरएको थियो ।

त्येस्तै सहभागीहरुले मौलिक तिजगित कै भाकामा महिला हिंसा विरुद्ध,हाम्रो समाजमा छोरा र छोरी प्रति गरिने विभेदका बारेमा तथाा समाजका घरघरमा भैरहेको घरेलु हिंसा,लैंगिक हिंसा र छोरी र बुहारी प्रति हेर्ने दृष्टीकोणका बारेमा गित गायर समाजमा सन्देश प्रदान गरिएको थियो ।

साथै पछिल्लो समयमा हाम्रो समाजमा चाडपर्वको महत्व भन्दापनि भड्कीलो पनलाई प्राथमिकता दिने प्रचलन बड्दै गएकाले यसको अन्त्य गर्नु पर्ने वताईएको थियो ।

केन्द्रकी अध्यक्ष एवं् जेष्ठ नागरिक रहनु भएकी चित्र कुमारी भण्डारीले समाजमा संस्कारका नाममा भैरहेका भड्कीला चलनलाई महिला दिदि बहिनीले नै अन्त्य गर्नुपर्ने वताएका हुन् ।

तिज गितको सामग्री सहित

लेखक : भगवती उप्रेती
गितको बोल :नेपालको हविगत
सन्धर्व : तिज गित
हुँम….आजभोली किन किन मनमनै गुनाउँछु …..२
यो देशको हबिगत कथा सुनाउँछु । …………३

गाउँ शहर तताएर गणतन्त्र भित्र्यायौं…२
राम्रो काम गर भनी नेता खटायौं …..३

नेता गए भुँडी भरे भ्रष्ट्रचार गरेर….२
जनताको पसिनाको मुल्य चुसेर……३
सबै जना खराब छैनन् केही नेता मात्रै हुन्……२
राम्रो खराब को हो भनी क्यारी चिन्नी हुँम……३
राजा साशन ढलाउन आए जनता रोडमा …….२
प्रजातन्त्र चाईयो भनी नारा ओँठमा………….३
पन्चे काल ढलाएर प्रजातन्त्र भित्र्यायौं…..२
जनतालाई न्याय पाउँछ भनी सिकायौं….३
कुरा बुझे जनताले अलि अलि भर्खर …..२
नेता लागे  भ्रष्टचार गर्न तर्खर…………३

ह्वाईट वढी ७० करोड एमालेको पालामा ……२
ललिता निवास जग्गा काण्ड यसै सालमा ….३

माओ काँग्रेस मिलेर अहिलेको सरकार ……२
भ्रष्टचारी जोगाउन भाछन् तर्खर ……………३

कुइँटेल कुइँटेल सुन पनि आँउँछ देशमा कसरी…२
काले   काले  मिली  खाए भाले जसरी ………३

देशलाई ऋण चिल्लो गाडी नेता गुड्ने सरर
कठैबरा गरिबको आँशु बरर …………….३
देशको प्रमुख नारी हुदा महिला हत्या धेरै भो ..२
निर्मलाको बलात्कारले ज्यानै खेर गो ………..३

खुलेआम बलात्कारी हिड्छ बजार चारेर ….२.
पिडितले बाँच्नु पर्ने आँशु झारेर …………..३
घरभित्र संधै हिंसा महिला ले भोग्ने हो ……२
हिंसा गर्ने  श्रीमान्   कति ढोग्ने हो ……३

राष्ट्रपति महिला हुंदा न्याय पाउँला भन्ने भो..२
न्याय नपाई निर्मलाको कठै ज्यानै गो ………३
न्याय पाउँछ भनेर अदालत धाएनी …..२
दशौं हजार पिडितले दुख पाएनी
गरिबलाई दुखै दुख ठुलालाई चयन …..२
अत्याचार अति भयो, गरौं बयन ……३
देशै खोक्रो भइसक्यो ऋनै ऋनले भरेर…२
कति खान्छौ घुस मात्रै भुँडी भरेर …….३
भोट लिने जनताको उनै कुर्ची फेर्ने हुन् …..२
हबिगत यो देशको कस्ले हेर्ने हुन्……….३

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस