आज:  | Sat, 27, Jul, 2024

बागमती प्रदेशको राजधानी हेटौंडामा समाजवादी मोर्चाले सभा गर्ने

२४ भाद्र २०८०, आईतवार ०८:३८ मा प्रकाशित ( १0 महिना अघि) ४८३ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२४ भदौ ।

आईतबार समाजवादी मोर्चाले बागमती प्रदेशको राजधानी हेटौंडामा सभा गर्ने भएको छ । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चाले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा आज प्रदेश स्तरीय सन्देश सभा गर्ने हो।

मोर्चा समितीले गरेको निर्णय अनुसार देशको सातै प्रदेशमा सन्देश सभा सम्पन्न गर्ने लक्ष अनुसार बिगत केही दिनदखी प्रदेश स्तरिय सभाको आयोजना गर्दै आईरहेको छ ।

जस अन्तर्रगत आईतवार हेटौंडामा कार्यक्रमको तय गरेको हो । मोर्चाको केन्द्रिय समितीले तयार गरेका कार्यक्रम अनुसार बागमती प्रदेशको हेटौँडामा सभा गर्ने लागिएको नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिनु भयो।

साथै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको पदाधिकारी को बिवरण समेत आजै घोषणा गर्ने तयारी रहेको छ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ।

गएको असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहभागितामा गठन भएको समाजवादी मोर्चा केही दिनदेखी क्रियासिल भैईरहेको छ।

भदौ ४ गते बसेको बैठकले मोर्चालाई प्रभावकारी बनाएर लैजाने भन्दै मोर्चाको उद्देश्य र लक्ष्यबारे जानकारी दिन देशका प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो।

मोर्चाले मधेस, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ । यस्तै भोलि भदौ २५ गते कोशीको विराटनगरमा पनि सन्देश सभा गर्ने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस