आज:  | Fri, 03, May, 2024

युग पुरुष बीपीको ११० औं जन्मजयन्तीका अबसरमा बैचारिक दृष्टिमा विषयक विमर्श

२४ भाद्र २०८०, आईतवार १९:३९ मा प्रकाशित ( ७ महिना अघि) ६२२ पाठक संख्या
नारी बाटिका


मुख्य तस्वीर : गोरखापत्र बाट साभार

भगवती उप्रेती

धादिङ,२४ भदौ

युग पुरुष बीपीको ११० औं जन्मजयन्तीका अबसरमा आईतवार धादिङवेसी बैचारिक दृष्टिमा विषयक विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक जननायक नेता बिपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आज धादिङवेसी स्थित बिपी स्मृती सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिती धादिङको आयोजना र प्रजातन्त्रवादी प्राध्यापक संघ नीलकण्ठ बहुमुखी क्याम्पसको साझेदारीमा बैचारिक दृष्टिमा बीपी विषयक बैचारिक विमर्श कार्यक्रमको आयोजना गरिएको हो। नेपालको राजनीतिकमा बिपीको आदर्श,दर्शन मूल्य र मान्यता अझ सान्दर्भिक रहेको नेपाली काँग्रेस धादिङका सभापति तथा प्रतिनिधी सभा सदस्य रामनाथ अधिकारीले बताउनु भयो ।

१०४ वर्षको राणा साशन तोडेर प्रजातन्त्र स्थापना गर्नको लागि अहम भुमिका खेल्नु भएको बिपीको नेपाली राजनीतिमा ठुलो योगदान रहेको अधिकारीले बताउनु भयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमान अबस्थामा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

निलकण्ठ नगरपालिका प्रजातन्त्रवादी प्राध्यापक संघ नीलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक नविन बन्धु पहाडीले ििबपीको कृर्तीहरुको चर्चा गर्नु भएको थियो । विसं १९७१ भदौ २४ गते जन्मनु भएका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा उहाँ स्थापित हुनुहुन्छ ।

विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बन्नु भएका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गर्नु भएको थियो । उहाँले भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरण गर्नु भएको थियो ।

विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गर्नुभएका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो । यसैगरी विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् बिना गल्ति र उहाँ निर्दोष हुदाहुदै आठ वर्ष जेलमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्कीनु भएको थियो ।

बरिष्ट साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम जीवनी सङ्ग्रह प्रकाशित छन् ।कोइरालाको २०३९ साल साउन ६ गतेका दिन निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस