आज:  | Mon, 06, May, 2024

धादिङ थाक्रेको १३ किलो गाँजाको धुलो सहित एक युवा पक्राउ

३० भाद्र २०८०, शनिबार १९:५३ मा प्रकाशित ( ७ महिना अघि) २८५ पाठक संख्या
नारी बाटिका


धादिङ, ३० भदौ ।

धादिङ थाक्रेको १३ किलो गाँजाको धुलो सहित एक युवा आज पक्राउ परेका छन् । शनिवार प्रहरीले १३ किलो गाँजाको धुलो सहित एक जना युवालाई पक्राउ गरेको हो । प्रहरीले अिबैध लागु औषध गाँजाको धुलो (पोल्याण्ड) सहित ति युवालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा थाक्रे गाउँपालिका वडा नम्बर ३, मसिनो डाँडा घर भएका २४ वर्षका गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार महादेवबेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७२७१ नम्वरको पल्सर मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङको साथबाट १३ किलो ६०० ग्राम गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

निजलाई धादिङको धुनिबेसी नगरपालिका–६ आकाश भैरब पेट्रोलपम्प नजिकै बाट तामाङ पक्राउ परेका धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस