आज:  | Mon, 06, May, 2024

संविधान दिवसका अवशरमा प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम

३ आश्विन २०८०, बुधबार ११:३४ मा प्रकाशित ( ७ महिना अघि) ४०५ पाठक संख्या
नारी बाटिका


धादिङ,३ असोज

असोज ३ गते हरेक वर्ष आजको दिनलाई संविधान दिवसका रुपमा मनाउने गरिन्छ । साथै वुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँ रहेको छ । त्यस्तै यस दिन देशभरका सरकारी तथा निजी कार्यालय, विदेश स्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाई रहेका छन् ।

यसै दिवसको अवसरमा आज धादिङमा प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नु भएको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र संविधान निर्माण भएर कार्यान्वयनमा आएको आजका पदनबाट आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग तीन सय ८ धारा र ९ अनुसूची छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस